कृष्ण बहादुर महरा पुर्पक्षका लागी जेल चलान

काठमाडाैँ २९ असोज २०८२ बुधवार। पूर्व-सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे हाे

।आज थुनछेक बहसपछि क्षेत्रीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेकाे हाे । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनी विरुद्ध सीआइबीले अनुसन्धान

गरेको थियो । महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन् । सरकारी वकिलले उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी  लिएको थियो |

प्रतिक्रिया