के सी र धार्मिक गुरु महतरा द्वारा ज्येष्ठ नागरिक हरुलाई सहयोग

तुलसीपुर २५ असोज २०८२ शनिवार | तुलसीपुर ५ मा रहेको कान्तिपुर मेडिसिन सप्लायर्स का संचालक अमर के सी र तुलसीपुर ३ शिवपुर निवासी भरत महतराले ज्येष्ठ नागरिक हरुलाई आर्थिक तथा पौष्टिक खानेकुरा सहयोग गरेका छन् |

ज्येष्ठ नागरिक ज्यु हरु लाई नगद र पौष्टिक खाना सहयोग गर्दै समाजसेवी अमरसिंह के सी र भरत महतरा

उनीहरु आवद्द तुलसीपुर ३ मा रहेको सिद्दबाबा कृषी सहकारी संस्थाको १२औ वार्षिक साधारण सभाको शुभ-अवसर पारेर के सी र महतरा ले यस्तो सहयोग गरेका हुन | के सी र महतराले सहकारी संस्थाको साधारण सभाका दिन ३१ जना ज्येष्ठ नागरिक हरुलाई सभामा

नगद रुपैयाँ र पौष्टिक खानेकुरा सहयोग गर्दै अमसिंह के सी र भरत महतरा |

सहभागी गराएर जनही ५०० रुपैयाँ नगद,पौष्टिक खाना एक एक क्यारेट अण्डा र चेवनप्रास सहयोग गरेका हुन | जाडो समय आउन लागेको र महान चाड तिहार पनी आउन् लागेका बेला ज्येष्ठ नागरिक ज्यु हरुलाई थोरै भए पनी पौष्टिक खाना सहयोग

सहयोग लिन आउनुपर्यो भन्ने निम्तो पाएपछी कार्यक्रममा सहभागी हुनुभएका ज्येष्ठ नागरिक ज्यु हरु |

गर्नुपर्छ भन्ने लागी रहेको थियो त्यो ईच्छा हाम्रो आफ्नै सहकारी संस्थाको १२औ साधारण सभाले पुरा गरिदियो कान्तिपुर मेडिसिन सप्लायर्सका संचालक अमर सिंह के सी ले राप्ती पहिचान संगको कुराकानीमा बताए |

साधारण सभामा सहभागी शेयर सदस्य ज्यु हरुको फोटो |

चाड पर्वको बेलामा सानोतिनो रकम ज्येष्ठ नागरिक ज्यु हरुलाई सहयोग गर्न पाए हुन्थ्यो भनेर मनमा लागी रहेको थियो तर कसरी सहयोग गर्ने काँ गएर कसलाई गर्ने भन्ने अन्यौल रहेका बेला आफ्नै सहकारीको

साधारण सभाका दिन ज्येष्ठ नागरिक ज्यु हरु पनी त्यहाँ आउने भन्ने कुरा थाहा पाए पछी आज यहाँ आएर सहयोग गर्ने मौका पाएको हुँ भरत महतराले राप्ती पहिचान संगको कुराकानीमा बताए | चाड पर्वको समयमा दुध किनेर खानुहोला आमा भन्दै महतराले तुलसीपुर ३ डांडाखुटी निवासी कलावती पाण्डेको हातमा सहयोग रकम राखीदिए हाम्रा सम्वाददाताले यो दृश्य नियाली रहेका थिए |

प्रतिक्रिया