काठमाण्डौ २१ असोज २०८२ मंगलवार | जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक परिवारले ल्याएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरूद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको छ।मंगलबार दिउँसो
मृतकका परिवारहरुले जिल्ला परिसरमा जाहेरी बुझाएको परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईले जानकारी दिए। ‘भदौ २३ र २४ गतेको घटना छानबिन गर्न जाँचबुझ आयोग बनेको छ। ती दुई दिन भएका जति पनि भौतिक र मानवीय क्षतिसँग
सम्बन्धित सूचना तथा निवेदनहरू हामीले जाँचबुझ आयोगको कार्यक्षेत्र भित्र पर्ने भएकाले उतै पठाएका छौं उनले भने।यस्तै ओली र लेखक विरूद्ध पनि जाहेरी आएको हो भन्नेबारे हामीले उनलाई प्रश्न सोध्यौं। त्यसमा उनले भने, ‘हामीले आयोगको
कार्यक्षेत्रभित्र पर्ने भएकाले नियमित संयन्त्रबाट काम कारबाही नहुने भन्ने गृह मन्त्रालयको निर्णय पनि छ। त्यसकारण सबै सूचनाहरू उता पठाउँछौं। आज आएको जाहेरी दरखास्त पनि लिएर त्यहीँ पठाएका छौं।’मृतकका परिवार पुरूषोत्तम
खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका हुन्।उनका अनुसार ओली र लेखकले मानवता विरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेको भन्दै जाहेरी परेको छ। मानवता विरूद्धको कसुर मुलुकी अपराध
संहितामा उल्लेख नभएको पनि उनले बताए।मृतकका परिवारहरू हिंजो सोमबार नै जाहेरी लिएर जिल्ला प्रहरी परिसर पुगेको भए पनी प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन। जाहेरी नलिएपछि मृतकका परिवार अबेर रातिसम्मै परिसरमा बसेका थिए।
त्यसपछि आइजिपी चन्द्रकुबेर खापुङ, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दानबहादुर कार्की र काठमाडौंका एसएसपी रमेश थापा गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गर्न मन्त्रालयमा पुगेका थिए।हामी नेपालका
संस्थापक सुदन गुरूङ पनि मन्त्रालयमा राति गएका थिए। तर उनले प्रहरी अधिकारी र मन्त्रीसँग छलफल गरे/गरेनन् भन्ने कुरा आधिकारिक रुपमा कहीं कतै केही नखुलेको बारे श्रोत बताउछ।
