तुलसीपुरमा एक महिला गम्भीर घाईते अवश्थामा फेला, उनको नाम थर समेत खुल्न सकेन-प्रहरी

तुलसीपुर १९ असोज २०८२ आईतवार | दाङको तुलसीपुर मा एक नाम थर नखुलेकी महिला गम्भीर घाईते अवश्थामा फेला परेकी छिन | तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हरिपौरा स्थित मेट्रो कलेज नजिक उनी गम्भीर घाईते अवश्थामा

फेला परेकी हुन | अन्ताजी ४०/४५ वर्ष को जस्तो देखिने ती महिला अटो दुर्घटनामा परी गम्भीर घाईते भएको कुरा ईलाका प्रहरी कार्यालय तुलसीपुर का सुचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य राना मगर ले राप्ती पहिचान लाई जानकारी दिए | हाल सम्म

उनकाआफन्तको बारेमा हामी लाई केही पनी जानकारी नभएको र कोही सम्पर्कमा पनी नआएकाले फोटो हुलिया सार्वजनिक गरिएको हो रानाले हामी संगको कुराकानीमा अगाडी भने | हाल ती महिलाको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको

ईमरजेन्सी कक्षमा उपचार भई रहेको छ कोही कसैले यो हुलिया फोटो हेरेर देखेर ती घाईते महिला लाई पहिचान गरेमा ईलाका प्रहरी कार्यालय तुलसीपुर को फोन नम्बर ०८२-५२००२० मा सम्पर्क गर्नुहुन वा राप्ती प्रादेशिक अस्पतालको ईमरजेन्सी कक्षमा सम्पर्क गर्न सक्ने छन् उनले अगाडी भने |

प्रतिक्रिया