तुलसीपुर १६ असोज २०८२ बिहिवार |दाङ को तुलसीपुर १२ जसपुर स्थित राप्ती राजमार्गमा गम्भीर घाईते अवश्थामा फेला परेका एक ब्यक्तीको उपचारको क्रममा मृत्यु भएको छ | मृत्यु हुनेमा तुलसीपुर १२ का ६५/७० वर्षका जस्ता देखिने सन्तु चौधरी

रहेको कुरा ईलाका प्रहरी कार्यालय तुलसीपुर का सुचना अधिकारी तथा प्रहरी निरिक्षक सुर्य रानाले राप्ती पहिचान लाई बताए |राना का अनुसार साँझको साढे ७ बजेको समयमा चौधरीलाई गम्भीर घाईते अवश्थामा सडक छेउमा पल्टी रहेको एक
स्थानीयले देखेपछी तत्काल उद्दार गरी तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागी ल्याईएको थियो | उपचारको क्रममा साँझ ८ बजेको समयमा चौधरीको ज्यान गएको हो | घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी जसपुर बाट
प्रहरी नायब निरीक्षक यक बहादुर खडकाको कमाण्डमा घटना स्थल पुगेको प्रहरीले चौधरी लाई उद्दार गरेर उपचारका लागी अस्पताल पठाएको थियो | उनी किन र के कारणले गम्भीर घाईते हुनपुगेका हुन् र घटनास्थल आसपास के कस्ता दृश्य हरु
देख्नु भयो भन्ने हाम्रो थप प्रश्नमा म पनी घटनास्थल पुगेको थिएँ,घटनास्थल हेर्दा सवारी दुर्घटना बाट चौधरी गम्भीर घाईते हुन् पुगेको केही तथ्य आधार प्रमाण हरु प्रहरीले फेला पारी सकेको र यस बारे अनुसन्धान भई रहेकाले थप खुलाउन नमिल्ने कुरा
रानाले हामी संगको कुराकानीमा बताए | यता यही बिषयमा हाम्रा सम्वाददाताले तुलसीपुर १२ का अध्यक्ष खुशीराम चौधरी लाई फोन गरेर घटना बारे थप जानकारी लिंदा दुर्घटनामा परेका मानिस तुलसीपुर १४ निवासी हुन् भन्ने खुल्न आएपनी यस बारे थप जानकारी आफु संग नभएको कुरा बताए |
