रास्ट्र शोकमा रहेकाले यो वर्ष बृहत टिका जमरा कार्यक्रम हुँदैन-राजा ज्ञानेन्द्र

काठमाडौँ १२ असोज २०८२ आईतवार। राजा ज्ञानेन्द्र बिरबिक्रम शाहदेवले २०८२ सालको विजया दशमीको अवसरमा नेपाली जनतालाई शुभकामना दिँदै राष्ट्रियता, सुशासन र देशको नवनिर्माणमा विशेष जोडदिई बक्सेको छ । उहाँको सन्देशमा

पूर्वजहरूको त्याग र बलिदानबाट प्राप्त नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुता राष्ट्रको गौरवशाली संस्कृतिको मेरुदण्ड भएको स्मरण गरिएको छ । उहाँले नेपालले कुनै पनि परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो

आफैँ तय गर्ने क्षमता राख्दै अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । राजा ज्ञानेन्द्र बिरबिक्रम शाहदेवले देशको राज्य पद्धति र व्यवस्थापनमा जन मनोभावनाको ख्याल राख्दै समयसापेक्ष सुधार आवश्यक रहेको कुरामा

जोड दिईबक्सेको छ। उहाँले विगतमा ‘बिगार्ने, भत्काउने, जलाउने’ तर्फ भएका गतिविधिहरूको उल्लेख गर्दै अब ‘बिगार्ने होइन, सुधार्ने’ दिशामा कार्यक्रम अघि बढ्न आह्वान गर्नुभयो । सन्देशमा युवा पुस्तालाई राष्ट्रका आधारस्तम्भको रूपमा चित्रण गर्दै

देशभक्तिको भावना,ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्र चरम विध्वंस र शोकको अवस्थामा रहेकाले यस वर्षको दशैँमा विगतमा हुने वृहत् टीका जमरा कार्यक्रम यस वर्ष स्थगित गरिएको कुरा सन्देशमा उल्लेख गरीबक्सेको छ।

प्रतिक्रिया