सुचना तथा प्रविधी मन्त्रीमा पत्रकार जगदिश खरेल

काठमाडौँ ५ असोज २०८२ आईतवार। २०८२ भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको परिणाम बाट देशमा रहेको कांग्रेस एमालेको सरकार सत्ताच्युत भए पछी प्रधानमन्त्री बनेकी सुशिला कार्की ले दोस्रो पटक मन्त्रीमण्डल बिस्तार गर्न लागेकी

छिन | जसमा पत्रकार जगदीश खरेल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सूचना तथा सञ्चार प्रविधि मन्त्री बन्न लागेका छन् । चुनावी प्रयोजनका लागि गठन भएको सरकारलाई पूर्णता दिने क्रममा

खरेललाई मन्त्री बनाउने पक्का भएको स्रोतले जनाएको छ । खरेल हाल इमेज खबरका प्रधान सम्पादक हुन् । त्यस्तै, स्वास्थ्य मन्त्रालयमा डा.संगीता कौशल मिश्र र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आविष्कारक

महावीर पुन नियुक्त हुने पक्का भएको छ । मिश्रा यसअघि स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिवका रूपमा कार्यरत थिइन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विकास देवकोटालाई स्वास्थ्य सचिव नियुक्त गरेपछि

उनी असन्तुष्ट बनेकी थिइन् । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते मन्त्री पौडेलले राजीनामा दिएलगत्तै मिश्र मन्त्रालय पुगेकी थिइन् । यसअघि डा. भगवान कोइराला र डा. सन्दुक रुइतले स्वास्थ्य मन्त्रालय लिन अस्वीकार गरेपछि तेस्रो रोजाइका रूपमा मिश्रलाई मन्त्री बनाउन लागीएको हो ।

प्रतिक्रिया