काठमाडौं २४ भदौ २०८२ मंगलवार। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सुनाकोठीमा रहेको गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेर आगो
झोसेको एक प्रहरी अधिकारीले जानकारी दिए।भ्रस्ट संचारमन्त्री राजिनामा दे भन्ने नारा लगाउंदै गुरुङको निवासमा पुगेका प्रदर्शनकारी हरुले उनको घरमा आगो झोसेका हुन | ललितपुरका प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले गुरुङको घरमा
लागेको आगो नियन्त्रणको प्रयास भई रहेको जानकारी दिए । ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा आगजनी भएको हो| देशमा भ्रस्टाचार र बेथिती बिसंगतीको बिरुद्द आन्दोलन थालेका देशभक्त युवा हरुको संगठन जेनजी आन्दोलनकारी हरुलाई समाजमा रहेका देशभक्त नागरिक हरुको समेत समर्थन रहेको देखिएको छ |
