टिप्परले स्कुटीलाई ठक्कर दिंदा १ जना गम्भीर घाईते

दाङ ९ भदौ २०८२ सोमवार। दाङको तुलसीपुर–१७ बेलझुण्डीमा टिप्परले स्कुटीलाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–११ बस्ने ५६ वर्षीय निम बहादुर पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डेको राप्ती

प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज स्थित नर्सिङहोम लगिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घटना आइतबार दिउँसो करिब १ः४० बजे भएको थियो । तुलसीपुरबाट दुधरास स्थित

सोना सिमेन्ट फ्याक्ट्रीतर्फ जाँदै गरेको ना १ ख ९३२० नम्बरको खाली टिप्परले विपरीत दिशाबाट आइरहेको रा ४ प ३७७९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उक्त घटना भएको थियो ।

प्रतिक्रिया