ईगल खबर द्वारा गरिब दुखीका बालबालिका लाई शैक्षिक सामग्री वितरण

तुलसीपुर ३ भदौ २०८३ मंगलवार। दाङको तुलसीपुर बाट संचालनमा रहेको‘ईगल खबर’नामक अनलाईन संचारगृहले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा तुलसीपुर उपमहानगरपालिका–३, सातबासस्थित प्राथमिक विद्यालय कल्ले राम्रीकोटका

विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्मका ३० जना विद्यार्थीहरूलाई निःशुल्क झोला, कापी, र पेन्सिल प्रदान गरिएको थियो ।व्यक्तिगत तथा ग्लोबल ओरेन्ज नेपाल तुलसीपुर बिक्री

केन्द्रको सहकार्यमा ३० हजार बराबरको सामग्री बितरण गरिएको इगल खबरका संचालक एचआर मगरले  बताउनुभयो ।  कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले सातबास जस्तो विकट क्षेत्रमा शैक्षिक सामग्री

वितरण गर्नु सम्भावनाको खोजी गर्ने उदाहरणीय कार्य भएको बताउनुभयो।  व्यवसायीहरूले कमाएको केही अंश सामाजिक कार्यमा लगाउनु कर्तव्य र जिम्मेवारी भएको बताउनुभयो ।सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष

ओपेन्द्र बस्नेत, वडा सदस्य राजेन्द्र गुरुङले ‘इगल खबर’को यो पहलले विकट क्षेत्रका बालबालिकाको शैक्षिक विकासमा टेवा पुग्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण

कुशल कार्यक्रम प्रस्तोता शान्तराम सेञ्चुरीले गर्नुभएको थियो | विद्यालयमा ४१ जना विद्यार्थी भर्ना भए पनि ३० जना नियमित पढ्न आउने गरेको प्रधानाध्यापक टेकबहादुर गुरुङले बताउनुभयो । झोला, कापी, कलम र इलेजर पाएपछि ससाना

बालबालिकाहरू खुशी भएका थिए । सोअवसरमा विद्यालयले शैक्षिक सामग्री उपलब्ध गराएकोमा धन्यवादसहित ग्लोबल ओरेन्ज नेपाल तुलसीपुर बिक्री केन्द्रका प्रमुख अस्मिता चौधरी र इगल खबरका संचालक तथा प्रवन्ध निर्देशक एचआर मगलाई

प्रशं-सापत्र प्रदान गरेको थियो । एचआर मिडिया हाउस प्रालिद्धारा संचालित इगल खबरले ६ गते शनिबार तुलसीपुरमा दोस्रो वार्षिक उत्सव मनाउँदै छ ।

प्रतिक्रिया