
दाङ, २७ साउन २०८२ मंगलवार। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ कपडादेवी स्थित पृथ्वी टोलमा बस्दै आएका विक्रम घर्तीलाई ग्वारखोलामा बग्दै गरेको गरेको अबस्थामा उद्दार गरिएको छ ।सोमाबर विहान ११ बजेतिर उनले

ग्वारखोला पुल नजिकबाट हाम फालेका थिए । उनले हाम फालेको थाहा पाएपछि गाइबस्तु चराउन गएका स्थानीयले देखेपछि उद्दार गरेका थिए ।उनको उद्दार पछि मानव सेवा आश्रम तुलसीपुरलाई जिम्मा लगाईएको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम
चौधरीले बताए । उनका अनुसार उनी पृथ्वी टोलमा आफन्तीको घरमा बस्दै आएका थिए । उनी केही बर्ष रोजगारको सिलसिलामा दुबै बसे । त्यहाँ काम गर्दा गर्दै प्रेसरले हानेपछि उनी राम्रोसंग हिडडुल गर्न सक्दैनन् ।हिडडुल गर्न नसक्ने अबस्था
भएपछि ५/६ महिना अघि मात्रै नेपाल आएका थिए । नेपाल आएपछि उनी पृथ्वी टोल स्थित आफन्तीकोमा बस्दै आएका थिए ।त्यही क्रममा उनले सोमबार खोलामा हाम फालेर आत्महत्याको प्रयास गरेका थिए । उनको उद्दार पछि जनप्रतिनिधि, इलाका
प्रहरी कार्यालय तुलसीपुर, नगर प्रहरीलगायतको रोहवरमा मानव सेवा आश्रममा राखिएको हो । जसको कोही छैन जसको केही छैन उसको मानव सेवा आश्रम छ भन्ने मुलनारा बोकेको दाङको तुलसीपुर ६ गाईडहरमा रहेको मानव सेवा आश्रमले उनलाई आश्रय र लालनपालनको ब्यबश्था गर्ने भएको छ |