
तुलसीपुर २६ साउन २०८२ सोमवार,दाङ तुलसीपुरको पर्सेनी भन्ने स्थानमा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन | घाईते हुनेमा तुलसीपुर ७ बमनै बस्ने ५७ वर्षीय शालिकराम न्यौपाने र सो ही ठाउँ निवासी डिल्लीराज चौधरी रहेको कुरा
ईलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले राप्ती पहिचान लाई बताए | रानाका अनुससार तुलसीपुर बजार बाट तुलसीपुर ४ खाद्रे तर्फ जाँदै गरेको रा ३ प ५४२७ नम्बरको मोटरसाईकल र रा ४ प
६८८१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो |दुर्घटनामा परी गम्भीर घाईते हुनेमा रा ३ प ५४२७ नम्बरको मोटरसाईक चालक शालिकराम न्यौपाने रहेका छन | न्यौपाने लाई छाती र टाउकोमा गम्भीर चोट लागेको छ भने
उनको अवश्था गम्भीर रहेको बताईएको छ | त्यस्तै अर्का घाईते हुनेमा रा ४ प ६८८१ नम्बरको मोटरसाईकल चालक डिल्लीराज चौधरी रहेका छन् | उनको हात र खुट्टामा सामान्य चोट लागेको कुरा रानाले हामी संग भने | दुर्घटनामा परी गम्भीर अवश्थामा
रहेका न्यौपाने लाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचार पछी सांझ ५ बजे संजीवनी कलेज अफ मेडिकल साईन्सेज प्रा लि नेपालगंज बाँके रिफर गरिएको छ भने सामान्य घाईते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल
तुलासीपुरमै उपचार भाई रहेको छ | दुर्घटना दिनको ४/४५ बजे भएको थियो भने दुर्घटना भएको थाहा पाए लगत्तै अस्थाई प्रहरी पोस्ट पर्सेनी बाट प्रहरी सहायक निरीक्षक देवीलाल अधिकारीको कमाण्डमा प्रहरी खटि गई घाईते हरुलाई उपचारका लागी अस्पताल पठाएको थियो भने दुवै मोटरसाईकल आफ्नो नियन्त्रण लिएको छ |