
तुलसीपुर २३ साउन २०८२ शुक्रवार,दाङको तुलसीपुरमा स्कुटी ले पैदलयात्री लाई ठक्कर दिंदा २ जना घाईते भएका छन | घाईते हुनेमा तुलसीपुर ११ की ६१ वर्षीय शिवा देवकोटा र स्कुटी चालक तुलसीपुर १२ बस्ने वर्ष ४३ को ईश्वरी के सी रहेका छन | रा ५ प ८०७० नम्बरको स्कुटीमा सवार के सी सितलपुर बाट उरहरी तर्फ आउदै गरेको बेला उरहरी चोकमा देवकोटा लाई
ठक्कर दिए पछी घटना भएको हो | घटनामा परी घाईते भएकी देवकोटाको टाउको नाक र मुखमा गहिरो चोट लागेको छ भने स्कुटी चालक के सी को टाउको र मुखमा गहिरो चोट लागी घाईते भएको कुरा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले राप्ती पहिचान डटकम लाई जानकारी दिए | शुक्रवार साँझ सवा ६ बजेको समयमा

घटना घटेको जानकारी पाए लगत्तै प्रहरी चौकी उरहरी बाट प्रहरी नायब निरीक्षक यक बहादुर खडकाको कमाण्डमा खटी गएको प्रहरीले घाईते दुवै जनालाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाएको थियो भने स्कुटीलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको कुरा रानाले अगाडी भने |