तुलसीपुरको ज्ञानज्योती मा बि विज्ञान संकायमा नेपाल टप

तुलसीपुर २० साउन २०८२ मंगलवार। तुलसीपुरको ज्ञान ज्योति माध्यमिक विद्यालयले यस वर्षको कक्षा–१२ को नतिजामा दुई तहमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । व्यवस्थापन संकायतर्फ दाङ जिल्ला प्रथम बनेको विद्यालयले विज्ञान संकायतर्फ

नेपाल प्रथम भएको दाबी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विज्ञान संकायका छात्र कृष्ण गिरीले ३.९६ जिपिए प्राप्त गर्दै नेपालभर प्रथम स्थान सुरक्षित गरेका विद्यालयका भाइस–प्रिन्सिपल मनोज कुमार केसीले

जानकारी दिनुभयो ।व्यवस्थापन संकायतर्फ भने विद्यालयका छात्र सन्दीप वलीले ३.९० जिपिएसहित दाङ जिल्ला प्रथम स्थान हासिल गर्नुभएको छ । यसअघि प्रकाशित समाचारमा व्यवस्थापन संकायको जिल्लास्तरको उपलब्धि उल्लेख गरिएको थियो ।

विद्यालयका सिइओ सुरेन्द्र जिसीका अनुसार कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक–शिक्षिकाको साथ र विद्यार्थीको अनुशासित तथा लगनशील मेहनत नै विद्यालयको निरन्तर सफलताको आधार हो ।ज्ञान ज्योति माध्यमिक विद्यालयले

वि.वि.ए.,वि.ए.सी.सीएसआईटी, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए. संकायमा अध्ययन गराउँदै आएको छ। पश्चिम नेपालमै उच्च व्यवस्थापनसहित सञ्चालन हुने प्रतिष्ठित शिक्षालयका रूपमा विद्यालय परिचित छ ।

प्रतिक्रिया