
तुलसीपुर, १९ श्रावण २०८२ शोमवार। दाङको तुलसीपुरमा कुलोले बगाउँदा २ वर्षीया एक बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा आज बेलुका करिब साढे ५ बजेको समयमा स्थानीय सुदेश बस्नेतकी २ वर्षीया छोरी शुस्मा बस्नेत घरको आगनमा खेल्ने क्रममा नजिकै रहेको कुलोमा खसेको इलाका प्रहरी कार्यालय
तुलसीपुुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए।बालिकालाई कुलोले बगाइरहेको देखेपछि उनका बुवाले तत्कालउद्धार गरी कुलोबाट बाहिर निकालेका थिए । घाइते बालिकालाई ६ बजेको समयमा राप्ती प्रादेशिक

अस्पताल तुलसीपुरमा ल्याएर अहिले उपचार भइरहेको छ र अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय मलवारबाट सई जंग बहादुर यमसीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।