तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु ३ घाईते

तुलसीपुर १५ साउन २०८२ बिहीवार, दाङको तुलसीपुरमा पश्चिम बाट पुर्वतर्फ जाँदै गरेको ट्रेक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन | मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का अन्ताजी १४/१५ वर्षका जस्ता देखिने सविन भण्डारी र सो ही ठाउँ बस्ने वर्ष अन्ताजी १६/१७ को जस्तो देखिने मनोज रोका रहेको कुरा

ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ |त्यस्तै घाईते हुनेमा ट्रेक्टर चालक तुलसीपुर १७ मानपुर निवासी २६ वर्षका सुरेश चौधरी,तुलसीपुर १८ बिजौरी बस्ने प्रकाश चौधरी र सो ही ठाउँ बस्ने वर्ष १५ को धन बहादुर चौधरी रहेका छन | तुलसीपुर बाट बिजौरी तर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको ट्रेक्टर तुलसीपुरको मोतीपुर स्थित ओरालोमा आफै पल्टिन

पुग्दा सो दुर्घटना भएको हो | घटना बिहीवार बिहान ११ बजेको समयमा घटेको थियो | हामीले घटनास्थल पुगेर घाईते हरुलाई उद्दार गरेर उपचारका लागी तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा पठाएकोमा सविन भण्डारी र मनोज रोकालाई डाक्टरले मृत घोषणा गर्नु भएको रहिछ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले

राप्ती पहिचान सँगको कुराकानीमा बताए | दुर्घटनामा परी मृत्यु भएका दुई जनाको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ भने घाईते ३ जनाको सो ही अस्पतालमा उपचार भई रहेको छ रानाले अगाडी भने |

प्रतिक्रिया