ईप्रका तुलसीपुरमा कार्यरत { सिंघम } हवलदार देव बराईली घाईते,कर्तब्य पालनाको क्रममा उनी घाईते भएका हुन

तुलसीपुर १२ श्रावन २०८२ शोमवार।  दाङको तुलसीपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीका बरिष्ठ हवल्दार देव बहादुर बराइली घाइते भएका छन । तुलसीपुर–७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल

ठकुरीले जानकारी दिएका छन। इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर हिजो आइतबार दिउँसो साढे २ बजेको समयमा गएका बरिष्ठ हवल्दार बराइली लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा घाइते भएको ठकुरीले बताए। उनका अनुसार लागुऔषध कारोबारीहरु मोतिपुरस्थित जंगलको  छेउमा भिरालो ठाउँमा लुकेर लागुऔषध

ब्राउनसुगर बिक्री गरिरहेका थिए । सोही क्रममा बरिष्ठ हवल्दार बराइली सहितको प्रहरी टोलीले उनीहरुलाई पछ्याइरहेको थियो । उनीहरुले लागुऔषध बिक्री गर्न लागेको प्रत्यक्ष देखेपछी उनीहरुलाई समात्न प्रहरी अगाडी बढ्यो । त्यहा ३ जना लागुऔषध कारोबारीहरु थिए । प्रहरीलाई देखेपछी उनीहरुमध्य एकजना अर्को तर्फबाट भाग्न थाले । केही परबाट उनी पक्राउ

परे । तर, अन्य दुईजना भने साथमा भएको केही लागुऔषध भुइमा खसालेर अरु मुखमा राखेर नजिकैको भिरबाट हाम फाले । त्यसपछी बरिष्ठ हवल्दार बराइली पनि उनीहरुसँगै माथीबाट हाम फालेर दुबैजनालाई समाते। तर लागुऔषध कारोबारी सहित भिरमा हामफालेका सिंघम हवल्दार उपनामले चिनिने बराईलीको खुट्टामा धेरै चोट लागेर उठ्न नसक्ने भएपछी बराईलीले

समातेका दुई जना लागुऔषध करोवारी हरु भाग्न सफल भए। पक्राउ परेका एकजनालाई अहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ । उनको साथबाट केही लागुऔषध पनि बरामद भएको छ । घटनामा संलग्न अरु दुईजनाको खोजी भइरहेकाले पक्राउ परेका व्यक्तीको नाम गोप्य राखिएको छ । उनीहरु सबैलाई पक्राउ गरेपछी सार्वजनिक

गर्ने प्रहरीले जनाएको छ । यसरी आफ्नो जिउज्यान नै जोखिममा राखेर संगठनको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्दै आएका बरिष्ठ हवल्दार बराइली धेरै पटक उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कार सहित सम्मानित भइसकेका छन । उनको लगनसिलता र मेहनतको उच्च मुल्यांकन गरि संगठनले उनलाई बेलाबेलामा पुरस्कृत गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत बराइली त्यस क्षेत्रमा हुने लागुऔषध कारोबारी तथा अन्य अपराधिक कृयाकलापमा संलग्नहरुलाई पक्राउ गर्ने कामका लागी सिंघम हवल्दारको उपनामले चिनिन्छन। आपराधिक कृयाकलापमा संलग्नहरुलाई पक्राउ गरेर उनले तुलसीपुरमा आफ्नो छुट्टै पहिचान बनाएका छन । देब बराइली भेनेपछी अवैध काम गर्नेहरु लागुऔषध

प्रयोगकर्ता तथा कारोबारीहरुको मुटु काप्ने गर्छ । तुलसीपुरमा विभिन्न समयमा हुने चोरी, लुटपाट, खुडा प्रहार, रड प्रहार, खुकुरी प्रहार लगाएतका घटनामा संलग्नहरुलाई खोजीखोजी पक्राउ गर्नेमा काममा बराईली नै अग्रपन्तीमा हुने गरेका छन् । ड्युटीकै सिलसिलमा हिजो लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा घाइते भएका बराइली उपचार पछी डाक्टरको सल्लाह अनुसार

अहिले घरमै आराम गरिरहेको कुरा ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले हामी लाई जानकारी दिए | हवल्दार बराईलीको खुट्टाको लिगामेन्ट फ्याक्चर भएको कुरा उनको उपचारमा संलग्न डाक्टरले राप्ती पहिचान लाई बताए |

प्रतिक्रिया