रक्सीको तालमा खुँडा बोकेर नागरिक तर्साउदै हिंड्ने रास्वपा नेता लौडारी प्रहरी हिरासतमा

दमौली, ६ साउन २०८२ मंगलवार। खुँडा बोकेर गाउँमा आतंक मच्चाउने रास्वपा नेतालाई तनहु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता प्रकाश लौडारी रहेको प्रहरीले जनाएको छ ।मदिराको नशामा

मात्तिएका लौडारीले भानु नगरपालिका–१२ का बलराम अधिकारी र १३ का अशोक अधिकारीलाई लक्षित गर्दै “मार्छु !” भन्दै खुँडा नचायपछि गाउँमा त्रास फैलिएको थियो ।रातको समयमा घरमै पुगेर होहल्ला गर्दै झटारो हान्दा स्थानीय ढोका थुनेर ज्यान

जोगाएका थिए ।घटनाको खबर पाए लगत्तै गएको प्रहरीले हतियार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । लौडारीलाई हाल हिरासतमा राखिएको छ र घटनाबारे थप

अनुसन्धान भइरहेको छ ।लौडारी केही समयदेखि काठमाडौंमा बस्दै आएका थिए । रवि लामिछानेको पक्राउ विरुद्ध हस्ताक्षर संकलन अभियानका क्रममा उनी जन्मगाउँ फर्किएका थिए । स्थानीयले सामाजिक सञ्जालमा घटनाको कडा आलोचना गरेका छन् ।

प्रतिक्रिया