लुम्बिनी काँग्रेसका महामन्त्री खनाल पार्टीको कारवाहीमा

लुम्बिनी, २५ असार२०८२ बुधवार। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ। संघीय तथा प्रादेशिक निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध काम गरेको आरोपमा उनीमाथि

कारबाही गरिएको हो। पार्टीको केन्द्रीय अनुशासन समितिले दिएको जानकारीअनुसार खनाललाई कांग्रेस विधानको धारा ३४ अनुसार कारबाही गरिएको छ। समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार

खनालले पार्टीको स्पष्टीकरणमा चित्त बुझ्नेजवाफ दिन नसकेको भन्दै उनीमाथि कारबाही गरिएको हो।खनालमाथि २०७९ सालको चुनावमा लुम्बिनी प्रदेशतर्फका कांग्रेस उम्मेदवार देवेन्द्रराज कँडेललाई हराउन

रणनीतिक भूमिका खेलेको आरोप छ। त्यसको परिणामस्वरूप राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी भएका थिए।पार्टीले यसलाई गम्भीर ‘अन्तर्घात’को रूपमा लिएको छ। यही सन्दर्भमा

हालैको केन्द्रीय कार्यसमिति बैठकमा सांसद विनोद चौधरीले समेत खनालमाथि कडा आरोप लगाएका थिए। उनले खनालले हृदयेश त्रिपाठीलाई जिताउन भूमिका खेलेको दाबी गरे।अनुशासन समितिबाट जारी पत्रमा

उपलब्ध प्रमाणका आधारमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने कार्यमा संलग्न पाइएकाले खनाललाई एक वर्षका लागी नेपाली काँग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ जारी पत्रमा उल्लेख गरिएको छ |

प्रतिक्रिया