तुलसीपुर २३ असार २०८२ सोमवार। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का निवर्तमान सचिब मोतिलाल खत्रीले पार्टी परित्याग गरेका छन् ।आईतबार विज्ञप्ति जारी गरि आफूले दाङमा रास्वपा स्थापित गर्नलाई महत्वपूर्ण भूमिका खेलेको भए पनी रबि लामिछानेको रास्वपा नाम गरेको पार्टीको
स्पष्ट विचार सिद्वान्त नभएको र स्पष्ट बिचार सिद्वान्त नै नभएको पार्टीले देशमा परिवर्तन ल्याउन नसक्ने कुरामा हाल आएर आफु स्पष्ट भए पछी आजैका मिती देखी लागु हुने गरी रास्ट्रीय स्वतन्त्र पार्टी नेपाल बाट राजिनामा दिएको छु खत्रीले हामी संग भने | हामीले खत्रीलाई फोन गरेर तपाईले रास्ट्रीय स्वतन्त्र पार्टी छोड्नुको मुख्य कारण के हो? भनेर प्रश्न गर्दा म अरुको चरित्र हत्या गर्दिन तर त्यो पार्टी भित्र

कांग्रेस एमाले माओवादीमा स्थान र अवसर नपाएका मान्छे मात्रै भएको र त्यस्तो संगठन कालान्तरमा रास्ट्र प्रती उत्तरदायी हुन नसक्ने मेरो मूल ठम्याई रहेकाले मैले रास्ट्रीय स्वतन्त्र पार्टी परित्याग गरेको हुँ खत्रीले हाम्रा समाचारदाता हिमाल बि.क संग कुराकानी गर्दै भने | रास्वपा अध्यक्ष रबि लामिछाने लाई राजनीतिक
प्रतिशोधका कारण थुनामा राखियो भनेर सहानुभुती बटुल्न रास्ट्रीय स्वतन्त्र पार्टीले रास्ट्रीय रुपमा हस्ताक्षर अभियान चलाई रहेका बखत खत्रीको रास्ट्रीय स्वतन्त्र पार्टी परित्यागको बिषय लाई दाङमा अर्थपूर्ण रुपमा हेरिएको छ | खत्री तुलसीपुर ११ मा बसोबास गर्दै आई रहेका छन् भने समाजमा एक स्थापित पाको उमेरका ब्यक्ती भएको कुरा एक स्थानीय ले हामी संग बताए |
