रोल्पा जिल्ला बाट उत्कृष्ट शिक्षकको उपाधी वि.क लाई

रोल्पा २२ असार २०८२ आईतवार | सामाजिक विकास डिभिजन कार्यालय विजुवार प्युठानले रोल्पा जिल्लाबाट अमृत बि.क.लाई ‘उत्कृष्ट शिक्षक’ को रूपमा सम्मान गरेको छ।शिक्षा क्षेत्रको विकासमा निरन्तर क्रियाशील रहँदै आएका बि.क.लाई प्राप्त यो सम्मानले थप जिम्मेवारीको

अनुभूति गराएको छ। सम्मान प्राप्तपछि उहाँले भावुक हुँदै भने, “आफ्नो पेशाप्रति अझ बढी इमानदारी र समर्पणका साथ कार्य गर्दै आफ्नो बुद्धि, विवेक र क्षमताका आधारमा कार्यसम्पादनलाई अझै उचाईमा

पुर्‍याउने प्रेरणा यस कार्यक्रमले दिएको छ।”उहाँले उत्कृष्ट शिक्षक छनोट गरी सम्मानका लागि सिफारिस गर्ने माडी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाप्रति समेत हार्दिक आभार प्रकट गर्नुभएको छ। वि.क ले

हाल माडी गाउँपालिका वडा नम्बर ४ स्थित श्री नेपाल राष्ट्रीय माद्यामिक बिद्यालय आरुवा मा प्रधानाध्यापक तहमा कार्यरत रहेर रास्ट्रको शिक्षा बिकासमा टेवा पुर्याई रहेका छन् |

प्रतिक्रिया