
तुलसीपुर, २१ असार २०८२ शनिवार, दाङको तुलसीपुरमा लागु औषधसहित ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चालु आर्थिक बर्ष २०८१÷०८२ को श्रावन महिनादेखी हालसम्मको अवधीमा तुलसीपुरका विभिन्न स्थानबाट ३३ जनालाई लागु औषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिनोदराज खत्रीले
जानकारी दिनुभयो । उहाँका अनुसार गत श्रावन १८ गते तुलसीपुर–६ बाट ६३ मिलिग्राम ब्राउनसुगर सहित १ जना, भदौ २ गते तुलसीपुर–१७ बाट २७० मिलिग्राम ब्राउनसुगरसहित ३ जना, भदौ ७ गते तुलसीपुर–७ पर्सेनीबाट ४७० मिलि ग्राम ब्राउनसुगरसहित २ जना, असोज १८ गते पर्सेनीबाटै ७२० मिलिग्राम ब्राउनसुगरसहित २ जना, आसेज २७ गते तुलसीपुर–६
सुकौरा रोडबाट २२० मिलिग्राम ब्राउनसुगरसहित १ जना, कात्तिक ४ गते तुलसीपुर–१८ बिजौरीबाट ५१० मिलिग्राम ब्राउनसुगरसहित १ जना, कात्तिक ११ गते तुलसीपुर–८ बाट २६९ पत्ता २६ सय ९० ट्याबलेट ट्रामाडोलसहित १ जनालाई पक्राउ गरिएको छ ।यसैगरी मंसिर १ गते तुलसीपुर–१३ दमारगाउँबाट ३ ग्राम ८२१ मिलिग्राम ब्राउनसुगरसहित ३ जना, कात्तिक ७ गते
तुलसीपुर–७ सल्यानरोडबाट ९० मिलिग्राम ब्राउनसुगरसहित २ जना, कात्तिक १७ गते दंगीशरण–४ बैबाङबाट १ सय मिलिग्राम ब्राउनसुगरसहित १ जना, माग १२ गते तुलसीपुर–६ बाट १२० मिलिग्राम ब्राउनसुगरसहित २ जना, माग १३ गते तुलसीपुर–५ ज्योतिनगरबाट ५ ग्राम ७२० मिलिग्राम ब्राउनसुगरसहित २ जना, माग २५ गते तुलसीपुर–१८ बाट ९७० मिलिग्राम
ब्राउनसुगरसहित १ जना, फागुन ५ गते १ ग्राम ३७० मिलिग्राम ब्राउनसुगरसहित २ लाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।यसैगरी फागुन ९ गते तुलसीपुर–७ बाट ७४० मिलिग्राम ब्राउनसुगरसहित १ जना, फागुन १२ गते तुलसीपुर–६ घोराही रोडबाट १ ग्राम २३० मिलिग्राम ब्राउनसुगरसहित १ जना, चैत १६ गते तुलसीपुर–९ चुलिसेबाट ३५० मिलिग्राम ब्राउनसुगरसहित १ जना, चैत
१८ गते तुलसीपुर–९ अटोभिलेजबाट २ ग्राम ब्राउनसुगरसहित १ जना, चैत २० गते तुलसीपुर–१७ फोटिनाइन चोकबाट २ ग्राम ३४० मिलिग्राम ब्राउनसुगरसहित २ जना, चैत २५ गते तुलसीपुर–१८ हेमन्तपुरबाट ४७० मिलिग्राम ब्राउनसुगरसहित २ जना र गत जेठ २८ गते तुलसीपुर–७ शिवनगरबाट २६० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।
यसरी पक्राउ परेकाहरुको साथबाट २१ ग्राम ९४१ मिलि ग्राम लागु औषध ब्राउन सुगर र २६९ पत्ता २६ सय ९० ट्याबलेट ट्रामाडोल बरामद गरिएको छ । पक्राउ परेका मध्य २ जना मात्रै महिला रहेका छन भने अरु सबै पुरुष रहेका छन् । यसमा सबैभन्दा धेरै लागु औषध ब्राउनसुगर नै फेला परेको छ । लागु औषध कारोबारमा सक्रिय रहेकी तुलसीपुर–८ निवासी तिलक
कुमारी बिश्वकर्मालाई पक्राउ गरेदेखी तुलसीपुरमा लागु औषधको कारोबारमा कमि आएको प्रहरीले जनाएको छ । उनलाई गत कात्तिक ११ गते घरबाटै ठुलो परिमाणमा लागु औषधसहित प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले २६९ पत्ता र २६ सय ९० ट्याब्लेट ट्रामाडोल बरामद गरेको थियो ।इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुखको रुपमा आएदेखी लागु
औषध नियन्त्रणमा सक्रिय रुपमा लागिरहेको डिएसपी अनिल ठकुरीले बताउनुभएको छ । लागु औषध नियन्त्रण प्रहरीको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँको भनाई छ । कहि कतै लागु औषध सेवन तथा कारोबार भइरहेको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गरी सहयोग गर्न पनी उहाँले आम नागरिकलाई आग्रह गर्नुभएको छ ।।