
तुलसीपुर १२ असार २०८२ बिहिवार, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर को परिसर भित्र रहेको साझा औषधी सेवा नाम गरेको मेडिकल लाई अस्पताल परिसर बाट हटाईने भएको छ | नेपाल सरकारले सरकारी अस्पताल भित्र आफ्नै फार्मेशी संचालन गर्ने र सरकारी अस्पताल रहेको ५०० मिटर दुरी भित्र कुनै पनी खालका निजी मेडिकल राख्न नपाईने ब्यबश्था गरेको छ | कानुनमा
त्यस्तो ब्यबश्था भए पनी दाङ जिल्लाको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल भित्रै साझा औषधी सेवा नाम गरेको फार्मेशीले यस अघी देखी खुलेआम औषधी बिक्रीवितरण गर्दै आई रहेको थियो | औषधीको यथार्थ मूल्य थाहा नहुँदा साझा औषधी सेवा नाम गरेको मेडिकल बाट आमनागरिकले अस्पताल परिसर भित्रै बाट चर्को मुल्यमा औषधी किनी रहेकाले
नागरिकको हकहितका लागी साझा नाम गरेको मेडिकल लाई त्यहाँ बाट हटाउने निर्णय गरे अनुसार हटाउने प्रक्रिया अगाडी बढाएका छौं राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मे-सु डा.पदमराज अधिकारीले राप्ती पहिचान संगको कुराकानी बताए | साझा मेडिकल ले बिक्रीवितरण गर्ने औषधी आमनागरिकका लागी कसरी महँगो भयो भनेर हामीले अधिकारी लाई प्रश्न गर्दा

हरेक औषधी उत्पादक कम्पनीले प्रत्यक औषधी बिक्रेतालाई १०० प्रतिशत देखी ५०० प्रतिशत सम्म कम्पनी बोनस,डिल बोनस लगायतका बोनस रकम उपलब्ध गराउने गर्छ,उदाहरणका लागी झाडापखाला लाग्दा डाक्टरले बिरामी लाई प्रेसक्रिप्सन गर्ने मेट्रोनाईडाजोल ४०० एम जी को १० वटा ट्याब्लेट रहेको एक पत्ता औषधीको प्रिन्ट मूल्य प्रती पत्ता ३० रुपैयाँ उल्लेख गरेको हुन्छ साझा,मेडिकल ले सोझासाझा नागरिकलाई सो औषधी ३० रुपैयाँ मै बिक्रीवितरण गरी रहेको छ भने अलिक टाँठाबाठालाई प्रिन्ट मुल्यमा १५ प्रतिशत छुट गरेर २५ रुपैयाँ ५० पैसामा बिक्रीवितरण गरी रहेको छ भने यता हाम्रो अस्पताल फार्मेशीमा भने त्यो औषधीको मूल्य ११ रुपैयाँ प्रती पत्ता हामीलाई खरिद मूल्य परेको हुन्छ भने सरकारी निती अनुसार खरिद मुल्यमा २०

प्रतिशत अभिबृद्दी गरेर हाम्रो अस्पताल फार्मेशी बाट नागरिकलाई बिक्रीवितरण गर्दा उक्त नाम गरेको औषधी को एक पत्ताको मूल्य आमनागरिकले जम्मा १३ रुपैयाँ २० पैसा तिरेर किन्न सक्छन डाक्टर अधिकारीले हामी संगको कुराकानीमा फेरी भने | यसै गरी सबै खाले औषधी उक्त मेडिकल बाट एवं प्रकारले बिक्रीवितरण भई रहेकाले नागरिकका हकहितका लागी साझा हटाउन
लागेका हौँ उनले अगाडी भने | राप्ती प्रादेशिक अस्पताल परिसर भित्र अस्पतालको मुख्य भवनको पुर्व तर्फ औषधी पसल खोलेर नागरिकलाई सरकारी दररेट भन्दा निक्कै महँगो मुल्यमा औषधी बिक्रीवितरण गरी रहेको साझा सहकारी संस्था लिमिटेड द्वारा संचालनमा रहेको साझा स्वाश्थ्य सेवा साझा फार्मेशी लाई औषधी बिक्री कक्षका कोठा हरु असार मसान्त भित्र खाली गर्न
भनिएको व्यहोरा ऊलेख भएको पत्र मिती २०८२ जेठ ३० गते पठाईएको भए पनी साझा फार्मेशीमा कार्यरत कर्मचारी हरुले उक्त पत्र बुझ्न नमाने पछी आज असार १२ गते उक्त कोठा खाली गर्नु भनी लेखिएको पत्र साझा फार्मेशीको भित्तामा टाँस
गरिएको छ | यही बिषयमा अस्पताल परिसर भित्र संचालनमा रहेको साझा फार्मेशीका ईन्चार्ज प्रमिला वली लाई अस्पतालले पठाएको पत्र किन नबुझेको
भनी प्रश्न गर्दा आफू हरु तल्लो तहको कर्मचारी भएकाले उक्त पत्र आफ्नो माथिल्लो निकायमा ईमेल गरी पठाईदिनुस भनेकी हुँ भन्ने जवाफ फर्काईन।
अस्पताल बिकास समितिले २०८२ जेठ २९ गते अस्पताल परिसर भित्र संचालनमा रहेको साझा फार्मेशी लाई कोठा खाली गर्न लगाउने निर्णय गरेको थियो |