मन्त्रीपरिषदको निर्णय, शान्तिनगर गाउँपालिका को मुकाम जुम्लेकुलामा रहने

दाङ २८ जेठ २०८२ वुधवार,,

दाङ जिल्लाको पश्चिम दाङमा रहेको शान्तीनगर गाउँपालिकाको प्रशासकिय मुकाम चिराघाट राख्ने कि? जुम्लेकुला राख्ने भन्ने विवादको अन्त्य भएको

छ। २०८२ जेठ २७ गते नेपाल सरकार मन्त्रीपरिषदको निर्णय र यस अघि सर्वोच्च अदालत बाट गाउँपालिकाको मुकाम चिराघाटमा राख्न अनुरोध

गरी दायर गरिएको रिट खारेज भए सँगै गाउँपालिकाको प्रशासकिय मुकामको टुंगो लागेको हो। अब हाम्रो प्रशासकिय मुकाम जुम्लेकुलामा नै

रहने भयो शान्तिनगर गाउँपलिकाका अध्यक्ष प्रमोद बस्नेत ले राप्ती पहिचान सँग कुरा गर्दै भने। जेठ २७ गते नेपाल सरकार मन्त्रीपरिषदको निर्णयले मुकाम

जुम्लेकुलामा राख्ने प्रस्ट पारीदिएको छ भने यस अघी गाउँपालिकाको प्रशासकिय मुकाम जुम्लेकुला नभई चिराघाटमा नै रहनुपर्ने भनी कृष्ण कंडेल ले दायर

गरेको रिट सर्वोच्च अदालतले खारेज गरीदिए सँगै गाउँपालिकाको मुकाम जुम्लेकुला मै रहने बाटो कानुनी रुपमै खुलेको छ बस्नेत ले अगाडी भने। यसै

बिषयमा हामीले शान्तीनगर गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत भेषराज चन्द लाई फोन गरी गाउँपालिकाको प्रशासकिय मुकाम अब जुम्लेकुलामा

रहने भएको हो भनेर प्रश्न सोध्दा आफुले यश बारे मौखिक र समाचार हरुमा देखे सुनेको कुरा बताए।

प्रतिक्रिया