
दाङ २५ जेठ २०८२ आईतवार । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुबाहक बस पल्टिदा २ जनाको मृत्यु भएको छ भने ३४ जना जना घाइते भएका छन् । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–२ निवासी ६५ वर्षका नारायण भण्डारी र सो ही गा पा वडा नम्बर २ कै शान्ता खडका चौधरी रहेको कुरा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । गोल्टाकुरीबाट तुलसीपुरका लागि छुटेको ना४ख ४००९ नम्बरको बस बखरीयामा पल्टिदा उनिहरु घाइते भएका छन् ।
घाइते हुनेमा दंगीशरण गाउँपालिका–२ निवासी २५ वर्षकी मनिषा बस्नेत, सोही ठाउँ निवासी ५२ वर्षकी गोमा सार्की, वर्ष ६० की मोति सरा सुनार, ३४ वर्षकी सिता पुन, ३२ वर्षकी सिमा पुन, २७ का कमला नेपाली, उनका छोरा वर्ष ८ को शंकर नेपाली, ९ वर्षका सुशान्त नेपाली, वर्षका ४१ नोखीराम बिक, ४८ वर्षका कुशल बिक, ३२ वर्षकी ललिता सुनार, ४८ वर्षकी कमला नेपाली, ४६ वर्षका अमृत कुशारी, ४५ वर्षका पार्वती नेपाली, १२ वर्षका राजेश विक, १० वर्षका प्रज्वल परियार, ४४ वर्षकी भिमा वली, ४३ वर्षकी लक्ष्मी नेपाली, १० वर्षकी मन्दिका नेपाली, १५ वर्षकी यशोदा बस्नेत, ५४ वर्षका चुडामणी बिक, ३३ वर्षका रोशन बिक,
४१ वर्षकी बालिका वली, २४ वर्षका घनश्याम बस्नेत, ४१ वर्षका सुर्य नेपाली, ४८ वर्षका ठाकुर प्रसाद गिरी, २३ वर्षकी सिता कुशारी, २२ वर्षकी सिता कुशारी, ४ वर्षका प्रिन्स कुशारी, ४३ वर्षका लक्ष्मी नेपाली, २३ वर्षका अनन्त किरण शर्मा, सल्यानको कपुरकोट गाउँपालिका–५ रिम घर भइ हाल दंगीशरण दिदीको घरमा गएका १९ वर्षकी टिका घर्ती र नामथर नखुलेका ३१ वर्षकी महिला घाइते भएको प्रहरीले बताएको छ । घाइते मध्य ४ जना सिरियस, १५ जना मध्यम र बाँकी सामान्य रहेको प्रादेशिक अस्पताल तुलसीपुरले जानकारीको छ । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अधिकाँस एउटा गाउँका रहेको प्रहरीले जनाएको छ ।