एमाले आश्थावान पत्रकार हरुको संगठन प्रेस चौतारी दाङ र रोल्पाको इन्चार्जमा के सी मनोनित

तुलसीपुर २२ जेठ २०८२ बिहीवार। नेकपा एमाले आश्थावान पत्रकार हरुको संगठन प्रेस चौतारी दाङको इन्चार्जमा दुर्गालाल केसीलाई मनोनित गरिएको छ ।चौतारीको केन्द्रीय कमिटि बैठकले केसीलाई दाङ जिल्ला इन्चार्जमा मनोनित गरेको हो । केसी

लाई प्रेस चौतारी रोल्पाको इन्चार्जको जिम्मेवारी पनी दिईएको छ । त्यस्तै प्रेस चौतारी नेपालको लुम्बिनी प्रदेश सहइन्चार्जमा दाङकै गणेश आचार्य मनोनित भएका छन ।उनी यस अघि दाङ जिल्ला इन्चार्ज थिए। प्रेस

चौतारी नेपालले संगठनमा रहेका केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा यस्तो निर्णय गरेको हो। प्रेस चौतारी नेकपा एमालेको बिचारप्रति आस्थावान पत्रकार हरुको संगठन हो ।

प्रतिक्रिया