
तुलसीपुर, २१ जेठ २०८२ बुधवार। दाङमा जबरजस्ती करणीको आरोपमा एक कर्मचारीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको
आरोपमा बबई गाउँपालिकाका वडा नं.४ मा कार्यरत कम्प्युटर सहायकका रुपमा कार्यरत २७ बर्षीय भुपेन्द्र खत्रीलाई पक्राउ गरिएको हो ।उनी करारमा कार्यरत कर्मचारी हुन्। मंगलबार मात्रै पीडित बालिकाले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा
जाहेरी दिएका थिए । पीडित बालिका बबई गा पा निवासी हुन भने घटना गएको जेठ ९ गते भएको थियो । खत्रीले ति बालिकालाई घरमै गएर करणी गरेको कुरा पिडित बालिकाले प्रहरी समक्ष बयान दिएकीछिन।टिकटक र फेसबुकमा चिनजान
भएपश्चात उनीहरुको फोन सम्पर्क पनी हुन थालेकोथियो। पीडक खत्रीले आफ्नो सम्बन्ध बिच्छेद भइसकेकाले पीडित बालिकालाई विहेको प्रस्ताब पनि गरेका थिए ।तर बालिकाले आफ्नो उमेर नपुगेकाले उमेर पुगेपछि मात्रै विहे गर्ने भनिरहेकी
थिइन ।त्यही क्रममा जेठ ९ गते राती खत्री आफै ति बालिकाको घरमा गएर करणी गरेको पीडितले प्रहरी समक्ष बयान दिएका छन्। यता यही बिषयमा बबई गाउँपालिका वडा नम्बर ४ का वडा सचिव तिलक बहादुर खत्री लाई फोन गरेर घटना बारे
जानकारी माग्दा यो वडामा कम्प्युटरसहायक तहमा कार्यरत भुपेन्द्र खत्री लाई पुलिसले समातेर लागेको भन्ने मौखिक जानकारी पाएको छु भने यो भन्दा अरु केही थाहा नभएको कुरा बताए |