दाङमा टाउको र खुट्टा छुट्टिएको अवश्थामा फेला परेको शवको पहिचान खुल्यो

तुलसीपुर १४ जेठ २०८२ वुधवार , दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला भन्ने ठाउँमा आज बिहान भेटिएको शवको पहिचान खुलेको छ | उक्त शव तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हात्तिखावा निवासी ४४

वर्षीय हरिशचन्द्र बस्नेतको रहेको कुरा ईलाका प्रहरी कार्यालय तुलसीपुर का प्रहरी निरीक्षक तथा प्रवक्ता सुर्य रानाले राप्ती पहिचान लाई बताए | उक्त शव तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हात्तिखावा निवासी हरिशचन्द्र बस्नेतको भएको र

शव को पहिचान बस्नेतका छोरा ऋषीकृष्ण बस्नेत ले गरेको कुरा रानाले जानकारी दिए | अहिले साँझ साढे ८ बजेको समयमा छोरा ऋषीकृष्ण बस्नेतले वेवारिशे अवस्थामा फेला परेको शव आफ्नो बाबुको भएको भनी शनाखत गरेका छन् रानाले थप जानकारी दिदै भने |

प्रतिक्रिया