
दाङ, १४ जेठ २०८२ वुधवार । दाङको तुलसीपुरमा टाउको र खुट्टा छुट्टिएको अबस्थामा एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार बुधबार बिहान शब फेला परेको हो ।तुलसीपुर–३ सिरखोलामा गलिसकेको अवस्थामा शव फेला परेको हो । टाउको र खुट्टा गलिसकेको हुँदा छुट्टीएको अवस्थामा
शब फेला परेको हो । शब गलिसकेको अवस्थामा रहेको कति उमेरको समेत यसै भन्न नसकिने अवस्था रहेको कुरा उनले बताए । १४ गते बिहान करिब ७-२० बजे खबर पाएपछी यस कार्यालय बाट प्रहरी निरीक्षक बिनोदराज खत्रीको कमाण्डमा प्रहरी खटिई गइ शव लाई घटनास्थल बाट उठाएर राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ईलाका प्रहरी
कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता सुर्य रानाले राप्ती पहिचान लाई बताए | उनका अनुसार करिब डेढ महिना अघि नै मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थल नजिकै बंगुर फर्म छ ।बगुंर फर्ममा काम गर्ने मानिसले बिहान
मानिसको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव राप्ती राजमार्ग बाट अन्ताजी १००/१५० मिटर तल भिरमा सडे गलेको अवश्थामा फेला परेको हो | घटना कसरी भयो र शव कसको हो भन्ने बारे अनुसन्धान भइरहेको कुरा प्रवक्ता राना ले हामी लाई बताए ।