कृषिबाट आत्मनिर्भर,उद्योगबाट रास्ट्रलाई समृद्ध बनाउछौं-विप्लव

दाङ १२ जेठ २०८२ शोमवार , नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले जनता मोटाउने व्यवस्था चाहेको बताएका छन् । सोमबार बबई-३ हंसपुरमा सहिद महानको शालिक अनावरण तथा स्मृति सभालाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्र भन्दा गणतन्त्र राम्रो व्यवस्था हो तर यस्तो गणतन्त्र पनि

हाम्रो चाहना होइन् । हामिले जनयुद्धबाट प्राप्त भएको गणतन्त्रमा जनता मोटाएको हेर्न चाहेका हौँ तर अहिले पार्टी र तिनका नेता मोटाएका छन् । जनताबाट निर्वाचित भनिएका प्रतिनिधिले नै तिनै जनताले तिरेको राजस्वमा लुट मच्चाएका छन् । यो गणतन्त्रमा मुठ्ठीभर लुटेराहरुको रजाइ छ विप्लवले सभा लाई सम्बोधन गर्दै भने । बहुसंख्यक श्रमिक जनता यो शासनबाट

सन्तुष्ट छैनन,यसको विकल्पमा हाम्रो पार्टीले नेपाली बिशेषताको समाजवाद प्रस्ताव गरेको छ उनले अगाडी भने । अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नु नै आजको संकटको समाधान गर्नु हो उनले अगाडी थपे। विप्लवले राजतन्त्र वा अहिलेको दलाल पुजीवाद मुलुकको निकासका विकल्प नभएको ठोकुवा समेत गरे।‘नेपालमा आज भोली तिनथरी बहस छ।

राजतन्त्र वा दलाल पुजीवाद मुलुकको संकटको निकास होइन,हामिले भनेको मुलुकको शान्ती,समृद्धि र स्वाधीनताको विषय समाजवादले मात्रै हल गर्नसक्छ उनले थप प्रस्ट पार्दै भने | नेपाललाई सामन्तवादतिर फर्काएर पनि हुँदैन,सामन्तवादको अवैध सन्तान दलाल पुजीवादले झन जनतालाई कंगाल बनाउँदै लगेको छ,त्यसैले जनताको चाहना समाजवाद हो,समाजवादका लागी

बहस खुल्ला गरेर अघि बढौँ,हाम्रो पार्टी संविधान संशोधन,जनमत संग्रह वा बिद्रोह जुनसुकै बाटोबाट भएपनी जनताको सदियौं देखीको चाहना समाजवादी व्यवस्थाको लागि अनवरत रुपमा लडी रहेको छ र लडी रहनेछ विप्लवले उक्त सभामा आफ्नो पार्टीको बिचार सिद्वान्त लाई प्रस्ट पार्दै आफ्ना भनाई राखे | नेपाली जनताको भावना र चाहनाको प्रतिनिधित्व गर्दै समाजवादका

लागी सबै मोर्चा खोलेका छौँ , २०८४ मा नेकपाले जनताको बिचमा जाने तयारी गरेको छ भने यो चुनावको कुरा मात्रै नभई नयाँ रुप, नयाँ आकार,नयाँ शासनको निमित्त एक प्रकारको हाम्रो पार्टी र नेपाली जनता बिचको ध्रुवीकरण पनी सावित हुनेछ उनले सभा लाई सम्बोधन गर्दै गर्दा भने | अब सबै कम्युनिस्ट,बामपंथी तथा प्रगतिशील शक्तिहरु एक ठाउमा आएर आगामी २०८४

को निर्वाचनलाई समाजवादी ब्यबश्था लाई जन्मदिने अभियानको रुपमा लैजानुपर्दछ,हामिलाई बिश्वास छ २०८४ को चुनावले नेपालमा समाजवादी ब्यबश्थाका लागी नयाँ अभियान खोल्नेछ एक अर्को प्रसंगमा बोल्दै विप्लवले भने | हाम्रो पार्टी नेकपाले चलाएको आत्मनिर्भर उत्पादन अभियानले मुलुकलाई समृद्द बनाउन सकिन्छ भन्ने आत्मबिश्वास अटुट बनाएको छ भने, कृषिबाट

आत्मनिर्भर र उद्योग बाट मुलुक लाई समृद्ध बनाउन सकिन्छ भन्ने उदाहरण पनी नेपाली जनता सामु दुरुस्त रुपमा पस्केको छ एक अर्को प्रसंगमा उनले भने। अहिलेका संसदवादी दलहरुले देश नै बेचेर खाई रहेकाछन भने यो कुरो एक्काइशौं शताब्दी र डिजिटल युगका नेपाली जनताले प्रस्ट संग बुझी रहेकाछन त्यसैले पनी २०८४ मा हुने चुनावमा हाम्रो पार्टी पनी सहभागी हुन्छ र

जनतालाई हेप्ने दल हरुलाई जनता बाटै जवाफ दिन लगाउँछौं विप्लवले भने |पार्टीलाई आत्मनिर्भर बनाएको अनुभवले देशलाई आत्मनिर्भर र समृद्ध बनाउने लक्ष सहित हामी २०८४ को चुनावमा भाग लिन्छौं भने यो नयाँ अभियानमा नेपाली जनता साक्षी,साथी,सहयोगी र समर्थक बनेर हामी संग हुनेछन,हुनुपर्छ उनले फेरी थपे |यस्तै विप्लवले सोमबार नै एकीकृत

जनक्रान्तिका सहिद गादिराम राना (महान)को बबई-३ हंसपुरमा निर्मित शालिकको अनावरण गरेका थिए | नेकपाका महासचिव विप्लवको उपश्थिती रहेको उक्त कार्यक्रममा पार्टीका स्थायी समिती सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज विषम सी , पार्टीका केन्द्रीय सदस्यहरु , केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु एवम सहिद गादिराम राना महानका आमा , जिवनसंगिनि

एवम छोराछोरी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो। नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा आयोजित शालिक अनावरण एवम स्मृति सभामा नेकपाका पोलिटब्युरो सदस्य शितल सी , असल सी , पार्टीका केन्द्रीय सदस्यहरु लगाएतको उपश्थिती रहेको थियो । कार्यक्रममा सहिद महानकि आमा तिलकुमारी राना , शालिक निर्माणमा जमिन उपलब्ध गराउन पहल

गर्ने बबई-३ का वडा अध्यक्ष मान बहादुर केसि , सरकारी दमनको बिच सहिद महानको पार्थिव शरीरमा झण्डा ओढाएर महत्वपूर्ण भुमिका निर्वाह गर्ने पार्टी सदस्य भीउ कुमारी वली लगाएतलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । नेकपाका केन्द्रीय सदस्य प्रदिप सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेकपाका केन्द्रीय सदस्य एवम दाङका सचिव तिलक सी ले गरेका थिए भने अध्यक्षता पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले गरेका थिए ।

प्रतिक्रिया