दाङ सल्यानको सिमाना लामिडाँडामा जिप दुर्घटना,९ जना घाइते ६ जनाको अवश्था गम्भीर

दाङ तुलसीपुर ११ जेठ २०८२ आईतवार, सल्यानको कपुरकोट गा पा को रिम बाट दाङको तुलसीपुर तर्फ आउदै गरेको जिप दुर्घटनामा पर्दा ९ जना घाईते भएका छन | घाईते मध्ये ६ जनाको अवश्था गम्भीर रहेको छ भने उनी हरुलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछी थप उपचारका लागी सुविधा

दुर्घटनामा परी घाईते भएका हरुको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार हुँदै गरेको फोटो

सम्पन्न अस्पताल हरुमा रिफर गरिएको छ | गम्भीर घाईते हुने हरुमा सल्यान जिल्ला कपुरकोट गाउँपालिका वडा नम्बर ५ बस्ने ६२ वर्षीय भीमा बुढा, नम्वबर ५ कै ६७ वर्डाषीय मंजिता बोहरा,सोही वडाका ३८ वर्षीय विजय बुढाथोकी,वर्ष ४६ की सिता बुढा,वर्ष १५ की सपना बुढाथोकी,वर्ष ५५ को गोरेलाल

बोहरा रहेका छन् भने उनी हरुलाई थप उपचारका लागी नेपालगंज रिफर गरिएको कुरा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सुचना अधिकारी सुर्य रानाले राप्ती पहिचान लाई बताए |यस्तै अन्य घाईते हरु मध्ये वडा नम्बर ५ कै ४५ वर्षीय चन्द्रकला महतारा,सोही ठाउँ निवासी १८ वर्ष की पुष्पा

महतरा र ८ वर्षीय रोशनी महतराको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ | दिउँसो १/३० बजेको समयमा चालक कपुरकोट गा पा वडा नम्बर ५ रिम बस्ने ३७ वर्षका ज्ञान बहादुर महतराले चलाएको लु १ ज १६३७ नम्बरको जीप आफै अनियन्त्रीत भएर सडक देखी अन्ताजी ४ मिटर तल खस्दा यस्तो दुर्घटना हुन पुगेको हो |

प्रतिक्रिया