
दाङ शान्तिनगर २४ बैशाख २०८२ बुधवार, २०७४ सालको स्थानीय सरकार गठन गर्न गरिएको स्थानीय तहको निर्वाचनमा शान्तिनगर गाउँपालिकाको अध्यक्ष पदका लागी नेपाली काँग्रेसका क्यान्डीडेट कमानसिंह डाँगीले जित हाँसिल गर्न सफल भए |
त्यस लगत्तै २०७५ सालमा शान्तिनगर गाउँपालिकाको प्रशासकीय कार्यालय मुकाम कहाँ राख्ने? चिराघाट राख्ने की जुमलेकुला राख्ने भन्ने बारेमा बिबाद सुरु भयो | मुकाम कहाँ राख्ने विवाद टुंग्याउन नपाउदै २०७९ सालमा डाँगीको ५ वर्षीय कार्यकाल
समाप्त भयो भने २०७९ सालको स्थानीय तहको निर्वाचन बाट नेपाली काँग्रेस बाटै गाउँपालिका अध्यक्षका लागी उमेदवारी दिएका प्रमोद बस्नेत निर्वाचित भए | डाँगीको कार्यकालमा सुरु भएको मुकाम कहाँ राख्ने भन्ने विवाद फेरी चर्चामा आई रहेका बेला २०८१ सालमा गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले गाउँपरिषद बाट पालिकाको मुकाम जुमलेकुलामा राख्ने की
चिराघाटमा राख्ने भनी पेश गरेको प्रस्तावमा गाउँपालिकाको मुकाम जुमलेकुला राख्ने भनी बहुमतले निर्णय गर्यो | निर्णय गरे पश्चात ०८१ भदौ महिनामा शान्तिनगर गाउँपालिकाको मुकाम चिराघाट बाट स्थानान्तरण गरेर जुमलेकुला सारियो | पालिकाको
मुकाम चिराघाट बाट जुमलेकुला स्थानान्तरण गरिए पछी पालिकाको मुकाम चिराघाटमै हुनुपर्छ भन्ने मागदावी सहित स्थानीय कृष्ण कंडेलले सर्वोच्च अदालतमा रिटदायर गरे | तर पालिकाको मुकाम चिराघाटमै हुनुपर्छ भनेर कंडेलले दायर गरेको रिट
झन्डै ९ महिना पछी सर्वोच्च अदालतले बैशाख १४ गते खारेज गरीदिएको छ | पालिकाको मुकाम चिराघाटमै हुनुपर्छ भन्ने मागदावी सहितको रिट खारेज भए संगै शान्तिनगर गाउँपालिकाको प्रशासकीय मुकाम जुमलेकुलामा रहन सक्ने अड्कल
काट्न थालिएको छ | हामीले गाउँपालिकाको मुकाम चिराघाटमै हुनुपर्छ भनी सर्वोच्च अदालतमा रिट दायर गर्ने कंडेल लाई सम्पर्क गर्दा उनको फोन उठेन | यस बिषयमा हामीले अब पालिकाको मुकाम जुमलेकुलामै रहने निश्चित भएको हो? भनी
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लाई सोधनी गर्दा सम्मानित सर्वोच्च अदालत बाट पालिकाको मुकाम चिराघाटमै हुनुपर्छ भन्ने मागदावी सहित दायर गरिएको रिट खारेज भए संगै पालिकाको मुकाम जुमलेकुलामा राख्ने भनी
गरिएको गाउँपरिषदको निर्णय र सो ही अनुसार सम्मानित सर्वोच्च अदालतमा गाउँपालिकाको तर्फ बाट लगाईएको प्रती उत्तर उपर पनी फैशला आउला भन्ने जवाफ फर्काए | सम्मानित सर्वोच्च अदालत बाट वहाँहरु बाट दायर गरिएको रिट खारेज भएको
हो हामी शान्तिनगरवासी हरुको एक अर्का प्रतीको सम्मान त् हामी संगै रहेकाले म वहाँ हरु संग छलफल गरेर मात्रै अगाडी बढ्छु बस्नेतले राप्ती पहिचान संगको कुराकानीमा बताए |