हिमाल एकेडमी परिसर भित्र शिक्षकलाई खुँडा प्रहार गर्ने सुरेश वि क पक्राउ

तुलसीपुर २१ बैशाख २०८२ आईतवार, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको हिमाल एकेडमीका शिक्षक बिशेष श्रेष्ठ लाई सांघातिक हमला गर्ने ब्यक्ती पक्राउ परेका छन | पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा

नम्बर ४ रक्षाचौर बस्ने २१ वर्षीय सुरेश बि क रहेका छन् | बि क ले बैशाख १९ गते बिहान साढे १० बजेको समयमा हिमाल एकेडमी नामक बोर्डिंग स्कुलमा कार्यरत शिक्षक श्रेष्ठ माथी खुँडा प्रहार गरेका थिए |श्रेष्ठ लाई खुँडा प्रहार गरी घाईते बनाए पश्चात

फरार रहेका वि क लाई प्रहरीले खोजतलास गर्दै जाँदा गएराती तुलसीपुर ४ कै हलवार भन्ने स्थान बाट पक्राउ गरेको हो भने वि क को खुँडा प्रहार बाट श्रेष्ठको घाँटी,कुम हात मा गहिरो घाउ लागेको कुरा ईलाका प्रहरी कार्यालय तुलसीपुर ले जनाएको छ |

श्रेष्ठ सो ही संस्थागत बिद्यालयको १२ कक्षाको कोर्डिनेटर शिक्षक हुन भने वि क सो ही बिद्यालयमा अध्ययनरत छात्र हुन | तुलासीपुर ६ रजौरामा रहेको हिमाल एकेडमी नामक बोर्डिंग स्कुल परिसर भित्रै खुँडा प्रहार गरी ज्यान मार्ने उद्योग जस्तो जघन्य

घटना घट्नुले हिमाल एकेडमी नाम गरेको बोर्डिंग स्कुलको विश्वसनीयतामा प्रश्न उठी रहेका बेला प्रहरीले वि क को खोजी कार्य तिब्र बनाएको थियो |

प्रतिक्रिया