
दाङ तुलसीपुर १९ बैशाख २०८२ शुक्रवार । दाङको तुलसीपुरमा रहेको हिमाल बोर्डिङ स्कुल बालबालिकाका लागी सुरक्षित नभएको पाईएको छ। स्कुल भित्रै एक विद्यार्थीले शिक्षक माथी खुडा प्रहार गरी गम्भीर घाईते बनाए पछी बिद्यालय
बालबालिकाका लागी अ-सुरक्षित भएको पाईएको हो। तुलसीपुर–६ स्थित हिमाल एकेडेमीका (कोर्डीनेटर) शिक्षक विशेष श्रेष्ठ माथी सोही विद्यालयमा अध्ययनरत बिद्यार्थी तुलसीपुर–४ रक्षाचौरका अन्दाजी १८/१९ बर्षीय सुरेश सुनारले बिद्यालय परिसर
भित्रै धारिलो हतियार खुडा प्रहार गरेका हुन। प्रहरीका अनुसार आज बिहान साढे १० बजेको समयमा उनले स्कुल भित्र प्रवेश गरेर एक्कासी श्रेष्ठमाथी खुडा प्रहार गरेका थिए | खुडा प्रहारबाट श्रेष्ठको बाया कुम र दुबै हातको पाखुरामा गहिरो चोट
लागेको छ ।घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी अन्यन्त्र रिफर गरिएको छ । यता हिमाल एकाडेमीका प्रिन्सिपल मधुसुदन केसीले आफु बाहिर भएकाले यसबारे विस्तृत रुपमा बुझ्न नपाएको बताएका
छन ।यता खुँडा प्रहर गर्ने सुनार भने फरार रहेको प्रहरीले जानकारी दिएको छ | हामीले सुनारको खोजी तिब्र बनाएका छौं तर हाल सम्म उनलाई फेला पारेका छैनौ ईलाका प्रहरी कार्यालय तुलसीपुर का प्रवक्ता तथा प्रहरी निरीक्षक सुर्य रानाले राप्ती पहिचान संगको कुराकानीमा भने |