
तुलसीपुर १५ चैत २०८२ सोमवार, दाङको तुलसीपुरमा ९ वर्ष अघी सवारी दुर्घटना घटाएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ |पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ मलवार बस्ने ३६ वर्षीय कृष्ण बहादुर चौधरी

रहेका छन् | २०७२ साल मङ्सिर १७ गतेका दिन चौधरीले चलाएको ना ५ ख ७३१९ नम्बरको बसले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गुम्राहचोकमा रा ३ प् २७२३ नम्बरको स्कुटी लाई ठक्कर दिंदा रुकुम खारा घर भई
तुलसीपुर ५ मा बस्दै आई रहेका २१ वर्षीय दिवाकर वलीको ज्यान गएको थियो | घटना लगत्तै फरार रहेका चौधरी लाई बिशेष सुराकीको सुचनाको आधारमा खोजी गर्दै गएको प्रहरीले २०८२ बैशाख १४ गते पक्राउ गरेको हो | पक्राउ परेका चौधरी लाई
अदालत बाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेका छौं ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक सुर्य रानाले राप्ती पहिचान संगको कुराकानीमा भने | दुर्घटना घटाउँदा चौधरी सह-चालक भएको खुल्न आएको छ रानाले अगाडी भने |