डिभाईन टेम्पलको बसले स्कुटी लाई ठक्कर दिंदा एक जना गम्भीर घाईते

तुलसीपुर १० बैशाख २०८२, दाङको तुलसीपुरमा बिद्यार्थी बोकेको स्कुल बसको ठक्कर बाट स्कुटीमा सवार एक जना घाइते भएका छन् | घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बस्ने १७ वर्षीय कृष्ण वली रहेको ईलाका प्रहरी

कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए | साँझको ४ बजेको समयमा गोलौरा चोक बाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ क ११२२ नम्बरको स्कुल बसले तुलसीपुर बाट गोलौरा तर्फ जाँदै गरेको रा ४ प् १९५३

नम्बरको स्कुटी लाई ठक्कर दिंदा स्कुटीमा सवार वली घाईते भएका हुन | घाईते वलीको निधारको हड्डी भाँचिएको छ भने बायाँ हात,छाती र नाकमा भित्री चोट लागेको छ | स्कुल बस तुलसीपुर ६ मा रहेको डिभाईन टेम्पल नामक एक

बोर्डिंग स्कुलको रहेको प्रवक्ता रानाले राप्ती पहिचान लाई बताए | ठक्कर दिने बस र बस चालक लाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भई रहेको छ | घाईते वली लाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगन्ज नरसिंग होम रिफर गरिएको प्रहरीले जानकारी दिएको छ |

प्रतिक्रिया