
तुलसिपुर ३१ चैत २०८१ आईतवार, दाङमा ५ वर्षिय बालिका लाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा तुलसीपुर
उपमहानगरपालिका वडा नम्बर २ खैरीपुर निवासी ६५ वर्षिय टंक बहादुर कवंर योगी रहेका छन।उनलाई आफ्नै घरको कोठा भित्र ती बालिका लाई बलात्कार
गरेको आरोप लागेको छ। कंवर ले २०८१ चैत २९ गतेका दिन बालिका लाई बलात्कार गरेको भनी पिडित बालिका की आमाले चैत ३० गते जाहेरी दिए
पछी उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी रहेका छौं ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोद खत्रीले राप्ती पहिचान लाई बताए।योगी आफ्नै घर बाट पक्राउ परेका हुन।