तुलसीपुरको याक कपडा पसल कर कार्यालयको फन्दामा , भ्याट छली भएको बारे अनुसन्धान हुँदैछ -देवकोटा

तुलसीपुर २८ चैत २०८१ बिहीवार,दाङ तुलसीपुरको बिरेन्द्र चोकमा रहेको न्यु याक कपडा पसलमा आन्तरिक राजश्व कार्यालय तुलसीपुरले छापा मारेको छ | उक्त कपडा पसल बाट भ्याट छली भई रहेको गोप्य सुचना पाए पछी कार्यालयले त्यहाँ छापा हानेर कती कर छली भएको हो भन्ने बारे अनुसन्धान गरी रहेको हो | बाहिर न्यु याक कपडा पसलको नामले चिनिने उक्त कपडा

पसल PANमा दर्ता भएको देखिन्छ भने हिना याक कपडा पसल भ्याट मा दर्ता भएको पाईयो आन्तरिक राजश्व कार्यालय तुलसीपुर का कर अधिकृत तथा सुचना अधिकारी हिरानन्द देवकोटाले राप्ती पहिचान लाई बताए |हामीले पाएको जानकारी अनुसार न्यु याक कपडा पसल र हिना याक कपडा पसल बाट सामान किन्ने ग्राहक लाई पसल ले बिजक नदिने र पसलको नाम

नछापिएको स्टिमेट बिल मात्रै दिने गरेको गोप्य सुचना हामीले प्राप्त गरेका थियौं जस अनुसार छापा हान्दा पसल ले ग्राहक लाई दिने गरेको स्टिमेट बिल फेला पार्न सकिएन तर बिल नदिने गरेको तथ्य प्रमाण चैं फेला पारे पछी तत्काल जरिवाना स्वरूप १० हजार रुपैयाँको रसिद काटेका छौं भने संकास्पद कागजात जफत गरी ल्याएका छौं देवकोटाले हामी संग भने | मूल्य अभिबृद्दी

कर ऐन २०५२ को दफा १४ को उप दफा १ मा प्रत्येक दर्ता भएको व्यक्तीले तोकिए बमोजिमको अवश्थामा बाहेक कुनै वस्तु वा सेवा आपुर्ती गर्दा प्रापक लाई अनिवार्य विजक दिनु पर्ने ब्यबश्था छ भने त्यसो नगरेको पाईएमा ऐनको वर्खिलाप गएको मानिने र त्यस्तो गर्ने ब्यक्ती लाई सो ही ऐनको दफा २९ को ग अनुसार पटक्कै पिच्छे १० हजार रुपैयाँ दण्ड जरिवाना गर्ने ब्यबश्था छ |

न्यु याक कपडा पसल र हिना याक कपडा पसल ले ऐनको दफा १६ मा भएको अनिवार्य पालना गर्नु पर्ने ब्यबश्था समेत पालना नगरेको पाईएकाले यी दुई फर्मको भ्याट छली गर्ने मनशाय प्रस्ट देखिन्छ के कती भ्याट छली भएको हो भन्ने बारे अनुसन्धान गरी कर निर्धारण गरे पछी मात्रै भन्न सकिन्छ देवकोटाले अगाडी भने | मूल्य अभिबृद्दी कर ऐन को दफा ३१ ले कर कार्यालय लाई

अदालत लाइ भए सरहअधिकार प्रदत्त गरेको भए पनी ठुला र मझौला ब्यापारी हरुले हाकाहाकी कर छली रहेको दृश्य हर कोई ब्यापारिक स्थल हरुमा प्रस्टै देखिने गरेको छ | पसलमा सामान किन्दा पसलले सामान किनेको बिल बिजक दिंदैनन, बिल नदिनु नै भ्याट छली गर्ने मनशाय हो नाम नबताउने शर्तमा एक जनाले हामी संग कुराकानी गर्दै भने | मूल्य अभिबृददी कर ऐन २०५२

र नियमावली ०५३ मा मा खरिद मुल्यमा २० प्रतिशत भन्दा बढी मूल्य नबढाई खरिद गरेको वस्तु बिक्री वितरण गर्नु पर्ने ब्यबश्था भए पनी तुलसीपुर क्षेत्रका ब्यापारी हरुले मनोमानी मूल्यबृद्दी गरी वस्तु बिक्री गरी रहेका छन् भने ब्यापारी हरुको आँगनमा रहेको कर कार्यालय निरिह जस्तै देखिएको अर्का एक प्रत्यक्षदर्शी ले अगाडी भने | अब न्यु याक र हिना कपडा

पसल लाई थप कस्तो कारवाही हुन्छ भन्ने हाम्रो थप प्रश्नमा हामीले भ्याट छली भएको,कती भएको वा नभएको भन्ने बारे बिस्तृत अनुसन्धान गरी रहेका छौं ती कपडा पसलका संचालक हरुलाई कार्यालयमा बयानका लागी पत्राचार गरेका छौं भने प्रक्रियागत अनुसन्धान पछी मात्रै के कस्तो कारवाही गर्ने कती कर निर्धारण गर्ने भन्ने बारे भन्न सकिन्छ कर अधिकृत देवकोटाले अन्तमा भने |

प्रतिक्रिया