
तुलसीपुर १९ चैत २०८१,आगलागी हुँदा एक घर जलेर खरानी भएको छ | आगलागी हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ बल्ले स्थित भुवन थापाको घर रहेको छ | आधा घरमा मानिस बस्ने र आधा घरमा गाई गोरु

बाँध्ने गर्दै आई रहेका थापाको घर आज आगलागीमा परेको हो | घरमा ठुला मानिस कोही थिएनन ३ वर्षीय र ५ वर्षीय बालबालिका मात्रै भएका बेला आगलागी हुन गयो धन्न बालबालिका हरु लाई केही भएन थापाले राप्ती पहिचान सँग कुराकानी

गर्दै भने | बच्चा बच्ची मात्रै घरमा भएका बेला आगलागी भएकाले बच्चा चच्चीले सलाई वा चुलोमा भएको आगो खेलाउँदा आगलागी भएको जस्तो लाग्यो स्थानीय धन बहादुर खत्रीले हामी संगको कुराकानीमा बताए | आगलागीमा परेर एउटा गोरु गोठ
भित्रै मरेको छ भने ४ वटा गाई र एक गोरु आधा जलेको अवश्थामा रहेका छन | साँझ ४ बजेको समयमा आगलागी भएको हामी लाई थाहा भयो र हामी पनी त्यहाँ गएर आगो निभाउन लाग्दा आगो निभाउन सकिएन हेर्दा हेर्दै घरमा भएका लत्ता कपडा

अन्नपात भाँडा कुँडा ओढने ओछ्याउने सबै जलेर नष्ट भयो खत्री ले अगाडी भने | अत्यन्तै निम्न आर्थिक अवश्थाको परिवार त्यसमा पनी घरमा भएका खाने लाउने ओढने ओछ्याउने देखी शरीरमा लाउने कपडा समेत जलेर नष्ट भए पछी परिवार
बिचल्लीमा परेको छ | माहुरी पालन मुख्य पेशा रहेको थापाको १५ घार माहुरी पनी आगोमा जलेर नष्ट भए पछी परिवार थप बिचल्लीमा पर्ने देखिएको छ | भुवन थापा बैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेको र कम्पनीमा काम नचलेर आफ्नै

ज्यान पाल्न धौ धौ भएर फर्किने भाडाको जोहो गरी रहेका बेला नेपालमा रहेको उनका परिवार बस्दै आई रहेको घर आज आगलागीमा परेको हो | म घर फर्किने भाडा जुटाउन नसक्दा यहाँ के गरम कसो गरम भएका बेला नेपालमा मेरो घर जलेर नष्ट
भए छ भुवन थापाले हामी संग कुरा गर्दै भारी मनले भने | घटना भएको थाहा पाए लगत्तै प्रहरी त्यहाँ पुगी आगलागी के कसरी भयो र क्षती कती भयो भन्ने बारेमा अनुसन्धान थालेको छ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले राप्ती पहिचान लाई बताए |