बिवादित बने पछी बिद्युत कार्यालय तुलसीपुर बाट बाहिरिए गोशली,उनी तास काण्ड बाट बिवादित बनेका थिए

तुलसीपुर ११ चैत २०८१ शोमवार।नेपाल बिद्युत प्राधिकरण तुलसीपुर बितरण केन्द्रका कार्यालय प्रमुख शिवनारायण गोशली सरुवा मिलाएर

बाहिरिएका छन। केही महिना अघी उनी कार्यालय प्रमुख रहेको नेपाल बिद्युत प्राधिकरण तुलसीपुर बितरण केन्द्र्को कार्यालय भित्र ड्युटी समयमा

कार्यालयका कर्मचारी जुवा तास खेलेको भिडियो सामग्री संचारमाध्यम बाट बाहिरिए लगत्तै उनी बिवादमा तानिएका थिए। जुवा तास खेल्ने कर्मचारी

हरुलाई कार्वाही गर्नुको सट्टा गोशली ले उनी हरुको बचाउ गर्दै कार्यालयमा तास खेल्न हुँदैन भन्ने एक कर्मचारी लाई तुलसीपुर बितरण केन्द्र बाट सरुवा

गरेर हापुरे सव-स्टेशनमा पठाए पछी उनी बिवादमा परेका थिए। जुवा तास खेलेको भिडियो सामग्री बाहिरिए पछी छानबिन समिती बनेको थियो।

कर्मचारी हरु हाकाहाकी जुवा तास खेलेको भिडियो सार्वजनिक हुँदा समेत जुवा तास खेल्ने कर्मचारी हरुको बचाउको लागी छानबिन समितीका संयोजक

नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका सहायक निर्देशक भोजराज पोख्रेल लाई प्रभावमा पारेर जुवा तास खेल्ने कर्मचारी हरुलाई सामान्य

सचेत गराउने तर कार्यालय समयमा जुवा तास खेल्न हुँदैन भन्ने त्यसै कार्यालयमा कार्यरत कर्मचारी लाल बहादुर बस्नेत लाई दाङ बाट रोल्पा सरुवा गराए

पछी उनी थप बिवादमा तानिएका थिए। बिद्युत कार्यालयका हाकिम साप बाट बिद्युत प्राधिकरण लाई हानी पुर्याउने गरि जानाजान काम भई रहेका

बारे थप बिषय वस्तु हरुमा हाम्रा अनुसन्धान अधिकृत ज्यु हरुले गुप्त अनुसन्धान गरी रहनु भएको थियो यस बिच हाकिम साप सरुवा भई गएको

आधिकारिक पत्रको छायाँ कपी प्राप्त भए पछी हाल लाई हाकिम सापको बिषयको फाईल के गर्ने भन्ने बारे निर्णय लिईने कुरा राप्ती पहिचान डटकम का

कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगरले समाचार डेस्क लाई जानकारी गराए। तुलसीपुर बिद्युत कार्यालय बाट नागरिक लाई प्रदान गरिने सेवा

सुविधामा लापरवाही र त्यस केन्द्र बाट नेपाल बिद्युत प्राधिकरण लाई भई रहेको हानी का बारेमा राप्ती

पहिचान डटकम ले विगत केही महिना देखि उक्त कार्यालयको गतीविधी लाई गुप्त तरिकाले पच्छ्याई रहेको थियो। गोशलीको स्थानमा नेपाल बिद्युत प्राधिकरणको योजना तथा प्राविधिक सेवा बिभागमा कार्यरत नवौँ तहका सुरेश कुमार महतो कार्यालय प्रमुखको जिम्मेवारी लिन आउन लागेका हुन।

प्रतिक्रिया