आक्रोशित आफन्तले उठाउन दिएनन मृत बालिकाको शव

तुलसीपुुर २ चैत २०८१ शनिवार ।  दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अझै घटनास्थलमै रहेको छ । तुलसीपुर–९ को गौरीशंकर टोलदेखी भित्री सडकखण्डअन्र्तगत अटो भिलेजतर्फ जादै गरेको रा १ त ३२३९ नम्बरको ट्याक्टरले

आज दिउँसो सवा २ बजेको समयमा अटो भिलेज नजिकै ठक्कर दिदा सल्यानको छत्रेश्वरी–२ घर भई अहिले तुलसीपुर–९ गौरीशंकर टोल स्थित अन्टी कोठामा बसेर पढदै आएकी ९ बर्षीया दिपशिखा वलीको घटनास्थलमै मृत्यु भएको थियो ।

बालिकाको मृत्यु पछी आक्रोसित भएका आफन्तहरुले दोषी लाई कडा कारवाहीको माग गर्दै अझै शव उठाउन नदिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिए। अहिले आफु घटनास्थलमै रहेको र

पिडित पक्षसँग शव उठाउने बिषयमा सहमती हुन नसकेको कुरा खत्रीले हामी संगको कुराकानीमा बताए। आफन्त सँग समन्वय गरेर शव अस्पतालमा ल्याउने प्रयास भइरहेको उनले बताए। ट्याक्टर चालक फरार रहेको र ट्याक्टर धनी लाई पक्राउ गरी चालक लाई खोजी रहेका छौं खत्रीले अगाडी भने।

प्रतिक्रिया