तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते,एक को अवश्था गम्भीर

तुलसीपुर १४ फागुन २०८१ बुधवार | दाङ को तुलसीपुरमा मोटरसाईकल दुर्घटनामा परी दुई जना घाइते भएका छन | घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ चमीखोला बस्ने ४८ वर्षका लक्ष्मी प्रसाद थारु र सो ही ठाउँ बस्ने ३५ वर्षीय

कविराम चौधरी रहेका छन् |तुलसीपुर बाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प् ४४१० नम्बरको मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटनामा पर्दा उनीहरु घाईते भएका हुन | घाईते मध्ये मोटरसाईकलमा पछाडी सवार रहेका कविराम चौधरीको अवश्था

गम्भीर रहेको कुरा तुलसीपुर प्रहरीले जानकारी दिएको छ| मोटरसाईकल चालक लक्ष्मी प्रसाद थारु लाई टाउको,मुख र दुवै खुट्टामा चोट लागेको छ भने दुर्घटनामा परी गम्भीर घाईते भएका मोटरसाईकलमा पछाडी सवार कविराम चौधरी लाई टाउको र

पेटमा गम्भीर चोट लागेको छ भने अवश्था गम्भीर रहेको | घाईते दुवै जना लाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगन्ज पठाईएको कुरा अस्पताल प्रसासनले जानकारी दिएको छ | उनी हरु सवार मोटरसाईकल साँझको ७-३५ बजे तुलसीपुर ८ चमीखोला नजिक दुर्घटनामा परेको थियो |

प्रतिक्रिया