
तुलसीपुर ७ फाल्गुन २०८१ । तुलसीपुरमा कार र मोटरसाईकल एकआपसमा ठोक्किदा दुईजना घाइते भएका छन्। मंगलबार दिउसो करिब सवा ३ बजेको
समयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ज्ञानज्योति बोर्डिङ स्कुल नजिकै दुर्घटना भएको थियो घोराही रोड बाट तुलसीपुर उपमहानगरको ६ नम्बर
वडा कार्यालय तर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४२१६ नम्बरको गाडी र बिपरित दिशाबाट आउँदै गरेको रा ३ प ६८०० नम्बरको मोटरसाइकल एक
आपसमा ठोक्किदा तुलसीपुर ९ बस्ने बर्ष २४ को संजय के.सी र सुदिप नेपाली घाइते भएका हुन् । घाइते केसीलाई राप्ती प्रादेशिक अस्पताल
तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागी लखनउ लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य बहादुर रानाले
जानकारी दिए। प्रहरी निरीक्षक रानाका अनुसार केसीको दुबै हात खुट्टा, टाउको र मुखमा चोट लागेको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा
लिएको छ । कार चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी (वर्षात) रहेको प्रहरीले जनाएको छ ।