दाङमा ट्रकको ठक्कर एक जनाको मृत्यु

तुलसीपुर, २७ माघ ।  दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुुर–७ निवासी ५६ बर्षीय जंग

बहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । दुर्घटनामा परी सोही

ठाँउकै ४७ बर्षीय तिर्थ बहादुर खत्री घाइते भएका छन् । प्रहरीका अनुसार घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले तुलसीपुर

तर्फ नै आइरहेको लु.प्र. ०२–००१ प २८३८ नम्बरको मोटरसाइकललाई तुलसीपुर–६ हात्तिखौवा नजिकै आज दिउँसो साढे ३ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा पछाडी सवार रहेका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते खत्रीको राप्ती प्रादेशिक

अस्पताल तुलसीपुरमा उपचार भइरहको छ । ठक्कर दिने ट्रकसहित चालक बाराको जितपुर सिमरा उप–महानगरपालिका १६ का ४५ बर्षीय जयराम

अधिकारीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया