तुलसीपुर २२ माघ २०८१ मंगलवार | पाठे घरको मुखको क्यान्सर बिरुद्दको खोप लगाउने अभियानको आज पहिलो दिन तुलसीपुर उपमहानगरपालिकामा १ हजार ६५ जनाले उक्त खोप लगाएका छन् | कक्षा ६ देखी कक्षा १० सम्मका किशोरी हरुमा
भविष्यमा उनी हरुलाई पाठे घरको मुखको क्यान्सर रोग लाग्न बाट जोगाउन ह्युमन प्यापिलोमा भाईरस एच पी भी खोप लगाउन सुरु गरिएको हो | माघ २२ गते देखी माघ ३० सम्म उक्त खोप लगाईने गरी तुलसीपुर उपमहानगरको जनश्वाश्थ्य प्रवर्धन
शाखाले तयारी गरेको छ | तुलसीपुर ९ को मा बि दोघरेमा राखिएको खोप केन्द्र बाट नगर प्रमुख टिकाराम खडकाले बिहान ११ बजे खोप अभियानको सुभारम्भ गरेका थिए | उपमहानगरको १९ वटा वडा मध्ये आज ८ वटा वडामा तोकिएका खोप केन्द्र हरु
बाट त्यो संख्याका किशोरी हरुलाई उक्त खोप दिईएको हो | उपमहानगरको वडा नम्बर २ को मा बि बालापुर,वडा नम्बर ३ को सरस्वती मा बि दमारगाउँ,७ नम्बर वडाको ज्ञानज्योती बोर्डिंग स्कुल, वडा नम्बर ८ को मा बि अस्वारा र वडा नम्बर ९ को मा बि
दोघरेमा राखिएका अ-स्थाई खोप केन्द्र बाट ती कक्षा समुहका किशोरी हरुलाई HPV खोप दिईएको हो | त्यसै गरी वडा नम्बर नम्बर १२ को महेन्द्र माद्यामिक बिद्यालय कपडादेवी,वडा नम्बर १४ को आधारभुत बिद्यालय खौसापुर र वडा नम्बर १६ को मा,
बि लक्ष्मीपुरमा राखिएका अ-स्थाई खोप केन्द्र हरु बाट पनी उपमहानगरको जनस्वाश्थ्य प्रवर्धन शाखा बाट खटीई गएका स्वाश्थ्यकर्मी हरुले तोकिएको कक्षा समुहका किशोरी हरुलाई क्यान्सर बिरुद्दको खोप दिएको कुरा उपमहानगरको जनस्वाश्थ्य
प्रवर्धन शाखाका जनस्वाश्थ्य निरीक्षक बिमल के सी ले राप्ती पहिचान संगको कुराकानी बताए | हामीले क्यान्सर रोग नलागोस भनेर HPV खोप दिई राखेका छौं भने क्यान्सर रोग भनेको के हो? भनेर क्यान्सर रोगको बारेमा सचेतना कार्यक्रम समेत
संचालन गर्दै गाउँबस्ती हरुमा पुग्ने काम गरी रहेका छौं उपमहानगरको जनस्वाश्थ्य प्रवर्धन शाखाका शाखा अधिकृत ओम पी न्यौपाने ले हाम्रा सम्वाददाता संगको सवाल जवाफमा बताए |
