दाङको घोराही बाट लागु औषध सहित २ जना पक्राउ

दाङ २२ माघ २०८१ मंगलवार। दाङको घोराहीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने हरूमा घोराही उपमहानगरपालिका नम्बर १५ रतनपुरका २१ वर्षीय सन्देश श्रेष्ठ र रोल्पा रुन्टिगढी गाउँपालिका वडा नम्बर २

घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँबजारमा डेरा गरी बस्ने २१ वर्षीया समीक्षा पुन मगर रहेको प्रहरीले बताएको छ |जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डि एस पी चक्रबहादुर शाहका अनुसार उनीहरूलाई घोराही

उपमहानगरपालिका वडा नम्बर १४ स्थित मिलन चोकमा शंकास्पद रूपमा हिँडीरहेका अवस्थामा फेला पारिएको थियो ।प्रहरीले खानतलासी गर्दा समीक्षा पुन मगरको साथबाट रातो प्लास्टिकमा सेतो धागोले बाँधिएका सातवटा पुडियामा राखिएको

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको छ ।प्लास्टिक सहित तौल गर्दा १ ग्राम र प्लास्टिक हटाएर शुद्ध तौल गर्दा ७२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। यस्तै उनीहरूको साथबाट नगद ४ हजार ५ सय रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया