आफ्नै प्रहरी हुने,,भोली देखी तुलसीपुर उपमहानगरमा नगर प्रहरी कर्तब्य पथमा आउने

तुलसीपुर १३ माघ २०८१ आईतवार, भोली माघ १४ गते देखी तुलसीपुर उपमहानगरपालिकामा उपमहानगरको आफ्नै नगर प्रहरी कर्तब्य पथमा आउने भएको छ | ११ जना जवान,२ जना हवल्दार,१ जना असई र एक जना सब-ईन्स्पेक्टर गरी १५ जना

नगर प्रहरी हरुलाई भौतिक सिकाईको तालिम दिंदै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत other ranke का प्रहरी प्रशिक्षक |

नगर प्रहरी हरुले भोली देखी सेवा प्रवेश गर्न लागेका हुन | तुलसीपुर उपमहानगरपालिकाका तत्कालिन मेयर घनश्याम पाण्डेले २०७८ साल माघ २८ गतेको नगर सभा बाट तुलसीपुर उपमहानगरपालिकाको नगर प्रहरी संचालन तथा ब्यबश्थापन ऐन २०७८

जारी गरेका थिए भने सो ही ऐन लाई नगर प्रहरीको सेवा प्रवेश तथा कर्तब्यपथ लाई थप जिम्मेवार बनाउदै वर्तमान मेयर टिकाराम खडकाले प्रथम संशोधन २०८१ जारी गरेका थिए | नगर प्रहरी ऐन २०८१ जारी भए पछी तुलसीपुर

उपमहानगरपालिकाले २०८१ असार २० गते नगर प्रहरीमा सेवा प्रवेश गर्न प्रथम पटक योग्य उमेदवार छनौटका लागी आवेदन दिन सुचना प्रकाशन गरेको थियो भने २०८१/४/२४ गते स्वाश्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परिक्षणका लागी आवेदक

हरुको नाममा सुचना जारी गरी सो कार्य पुरा गरेको थियो | त्यस पछी २०८१ भदौ ८ गते आवेदक हरु संग लिखित परिक्षा लिएको उपमहानगरले २०८१ भदौ २८ गते नतिजा प्रकाशन र २०८१ भदौ ३१ गते विस्तृत स्वाश्थ्य परिक्षण र २०८१

असोज ४ गते आवेदक हरु संग अन्तर्वार्ता लिएर त्यसको भोली पल्ट असोज ५ गते अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको थियो| नगर प्रहरी ऐनमा भएको ब्यबश्था अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेका नगर प्रहरीमा छनौट भएका आवेदक

हरुलाई २०८१ पौष ५ गते देखी आधारभूत तालिमका लागी ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रशिक्षक जनशक्ती सहयोगमा तालिम दिन सुरु गरिएको थियो | ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङका काबिल प्रहरी अधिकृत र जुनियर अधिकृत हरुको

निगरानीमा other ranke का प्रशिक्षक हरु बाट उनी हरुलाई नगर प्रहरी बारे भौतिक सिकाई र सैद्वान्तिक प्रशिक्षण दिईएको हो | नगर प्रहरी सेवा प्रवेशको दिन भोली माघ १४ गते तुलसीपुर उपमहानगरपालिकाको प्रांगणमा एक कार्यक्रमको आयोजना

गरेर तुलसीपुर उपमहानगर र नगरवासी हरु प्रती वफादार रही कर्तब्य पालना गर्ने प्रती प्रतीवद्दता सहित उनी हरुलाई तुलसीपुर उपमहानगरपालिकाको नगर प्रहरी संचालन तथा ब्यबश्थापन ऐन २०७८ [पहिलो संशोधन ] २०८१ को मर्म र भावना अनुरुप

कार्य गर्ने गरी सेवा प्रवेश गराउन लागिएको कुरा तुलसीपुर उपमहानगरको प्रशासन शाखाका एक अधिकारी ले राप्ती पहिचान लाई बताए |

प्रतिक्रिया