तुलसीपुर बाट १२ माघ २०८१ शनिवार । रुकुम पश्चिममा विवाहको तयारीमा रहेका एकजोडी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको त्रिवेणी
गाउँपालिका–४ खुम्चेरीका १९ बर्षीय लोकेन्द्र खड्का र उनले विवाह गर्नका लागी भगाएर लिएकी त्रिवेणी–६ की १९ बर्षीय सपना पुन मृत फेला परेको जिल्ला
प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी प्रमेश बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार चार दिन अघि विवाहको लागि लोकेन्द्रले सपनालाई
भगाएर घरमा ल्याएका थिए । आज बिहान लोकेन्द्रको अस्थायी टहरामा दुबै जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । लोकेन्द्रको आमा
बिरामी भएपछि बुवाको साथमा उपचारको लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो
लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुईमा मृत अवस्थामा भेटिएको प्रहरीको भनाई छ । लोकेन्द्र घरका एउटा मात्र छोरा हुन् । उनकी एक बहिनी छिन्
। काठमाडौमा अध्ययनरत मृतकको बहिनिसहित बुवाआमा नेपालगञ्जबाट फर्कदै गरेको बताईएको छ । अहिले घटनास्थलमा स्थानिय प्रहरी पुगिसकेको छ
भने डीएसपी बिष्ट सहितको टोली पनि घटनास्थलतर्फ जादै छ । प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानूनी प्रक्रिया सूरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ ।।
