प्रचण्ड भोली माघ ११ गते दाङ आउदै

तुलसीपुर १० माघ २०८१ बिहीबार, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व-प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड भोली दाङ आउने भएका छन | नेकपा एमाले ले गठवन्धन फेरे संगै प्रधानमन्त्री पद छाडेका प्रचण्ड हाल देश दौडाहमा रहेका छन |

दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको नगर पार्टी कमिटीको अधिवेशन तथा खबरदारी सभा लाई सम्बोधन गर्न भोली माघ ११ गते प्रचण्ड दाङ आउन लागेका हुन | देशमा बिदेशी हस्तक्षेप बढी रहेका बेला प्रचण्डको देश दौडाह संगै

खबरदारीसभा जस्ता कार्यक्रम हरु लाई सम्बोधन गर्ने कामलाई राजनीतिक तथा कुटनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ | दाङको तुलसीपुर स्थित अरनिको मैदानमा हुने तुलसीपुर उपमहानगरको पार्टी अधिवेशन उदघाटन तथा खबरदारी सभा लाई

सम्बोधन गर्न प्रचण्ड दाङ आउने भएका हुन| हाम्रो पार्टीको तुलसीपुर नगर अधिवेशन उद्घाटन तथा हाम्रो पार्टीले आयोजना गरेको खबरदारी सभा लाई सम्बोधन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड भोली माघ ११ गते दाङको तुलसीपुरमा

आउनुहुने भएको छ नेकपा माओवादी केन्द्रका तुलसीपुर नगरअध्यक्ष मोहन थापाले राप्ती पहिचान लाई बताए |भोली माघ ११ गते तुलसीपुर नगरपार्टीको अधिवेशन उदघाटन तथा खबरदारी सभा लाई सम्बोधन गर्ने माघ १२ गते घोराही नगरपार्टीको

अधिवेशन अन्तर्गत बन्दसत्रमा दाङ जिल्लाका अगुवा कार्यकर्ता लाई देश र पार्टीका अगाडी चुनौतीका रुपमा खडा भएका बिषयवस्तु उपर समसामयिक बिषयमा प्रशिक्षण दिने गरी दाङ जिल्लामा अध्यक्ष ज्यु ले सम्बोधन गर्ने कार्यक्रम तय भएका छन

थापाले हामी संगको कुराकानीमा बताए | प्रचण्डले जनयुद्दमा ज्यान शहादत प्राप्त गरेका दाङको तुलसीपुर ८ बटुलपुर् स्थित एकै घरका ६ जना शहिदहरुको परिवारको घरमा बिहान ११ बजे भेटघाट तथा शहिद परिवार संग खाना खाने छन | दिउसो १२

बजे तुलसीपुरको अरनिको मैदानमा तुलसीपुर नगर पार्टीले आयोजना गरेको खबरदारी सभा तथा तुलसीपुर नगरअधिवेशनको उदघाटन सभा लाई सम्बोधन गर्ने छन | भोली माघ ११ गते प्रचण्डले सम्बोधन गर्ने कार्यक्रमका बारेमा नेकपा माओवादी केन्द्र

तुलसीपुर नगरसमितिले आज माघ १० गते पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो | दाङ जिल्लाको पूर्वीदाङ र मध्यदाङमा माओवादी केन्द्रको संगठन निक्कै कमजोर हुँदै गएका बेला प्रचण्डको मध्यदाङ भ्रमण र सम्बोधनले कार्यकर्तामा

कि त् झनै नैराश्यता थपेर जान्छ कि त उर्जा थपेर जान्छ नाम नबताउने शर्तमा एक जना राजनीतिक शास्त्रका प्रोफेशरले राप्ती पहिचान डटकम संगको कुराकानीमा टिप्पणी गरे | प्रेस सेन्टर नेपालका पत्रकार दिपक बोहराले सहजीकरण गरेको पत्रकार

सम्मेलन कार्यक्रम लाई माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समीतीका सदस्य शेषुराम भण्डारी,नगरअधिवेशन प्रचार प्रसार समितीका संयोजक मिनराज वली लगायतकाले सम्बोधन गरेका थिए |

प्रतिक्रिया