दाङमा रुख बाट लडेको भनिएका युवकको गोली लागेर मृत्यु भएको खुलासा

तुलसीपुर ५ माघ २०८१ शनिवार।  दाङको दंगीशरणमा रुखबाट लडेको भनिएका युवकको गोली लागेर मृत्यु भएको खुलेको छ । माघ ३ गते

दिउँसो ४ बजेको समयमा दंगीशरण गाउँपालिका–२ कौवाघारीका प्रेम कुसारी रुखबाट खसेको भन्दै स्थानियले उपचारका लागी राप्ती प्रादेशिक अस्पताल

तुलसीपुरमा पुर्याएका थिए । घर नजिकैको जिंगटको रूखबाट खसेर घाइते भएको भनिएपनि उनको गोली लागेर मृत्यु भएको पाइएको हो । खुट्टाको घुँडा र

साप्रोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा नेपालगन्जमा सोहीदिन मृत्यु भएको हो ।मृत्यु पश्चात गएराति शव घरमा ल्याएर राति नै उनको दाहसंस्कार

गर्ने तयारी गरिरहेकै अवस्थामा प्रहरी गएराति नै मृतकको घरमा पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार केहीलाई नियन्त्रणमा लिएर

सोधपुछ गर्दा शिकार खेल्न गएका बेला बन्दुक आफैँ पड्केर कुसारीको ज्यान गएको बयान दिएका छन् । गोली लागेर उनको मृत्यु भएको आसंकामा प्रहरीले

अनुसन्धान थालेको छ । मृतकको शव अहिले पोष्टमार्टमका लागि भेरी अस्पताल बाँके पठाइएको छ ।।

प्रतिक्रिया